Thursday, August 6th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– जाजरकोटका स्थानीय तहको बेरुजु रकम करीब १३ करोड रहेको पाइएको छ । आर्थिक वर्ष ०७५/७६ मा जिल्लाका सातवटै स्थानीय तहको १२ करोड ८८ लाख ४० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

– रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएर भिसा अवधि सकिएका विदेशी कामदारलाई सरकारले भिसा थप गरिदिने भएको छ । सरकारका अनुसार त्यस्ता कामदारहरूले भिसा अवधि थप भएको समयमा समेत काम गर्न पाउनेछन् ।

– नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाखरजेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

– काठमाडौं, पोखरा र चितवनका होटल साउन १५ गतेबाट आंशिक रूपमा सञ्चालनमा आउने भएका छन्। कोरोना जोखिमबीच होटल सञ्चालनमा आउन पाउने भएपछि व्यवसायी उत्साहित देखिएका छन्। स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने गरी होटल सञ्चालनमा ल्याइने होटल व्यवसायीले बताए।

– विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा। खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको निर्णय २०७६ चैत २० मा भएको थियो। ओम्नीलाई १ अर्ब २४ करोडको स्वास्थ्य सामग्रीको ठेक्का दिइएको थियो।

– सामग्री निर्यातमा कमी आएसँगै नेपालको बंगलादेशसँगको व्यापार घाटा थप बढ्न थालेको छ । आर्थिक वर्ष २०७५/०७६ मा बंगलादेशसँग अढाई अर्ब व्यापार घाटा रहेकोमा गत वर्ष बढेर करिब ४ अर्ब पुगेको छ ।

– सांसदहरूले समयमै निर्माण नसकिने र भएका संरचनामा पनि गुणस्तरमा सधैं प्रश्न उठिरहने योजना राष्ट्रिय गौरवका हुन नसक्ने बताएका छन् । आयोजना सुरु भएको वर्षौं बित्दा पनि प्रतिफल नदेखिएको भन्दै उनीहरूले एउटै विषयमा पटक–पटक छलफल गरेर समय खेर फाल्न नहुनेमा जोड दिए ।

– लकडाउन खुलेपछि कर्णालीको पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । झन्डै ४ महिना सुनसान बनेको रारामा आन्तरिक पर्यटक जान थालेपछि चहलपहल बढेको हो ।

– देशका सबै जिल्ला सदरमुकाम र स्थानीय तहमा इन्टरनेट पहुँच पुर्याउने लक्ष्यसहित निर्माण सुरु गरिएको सूचना महामार्ग परियोजनाको काम सुस्त हुँदा ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच पुग्न ढिलाइ हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तीन प्याकेजमा वर्गीकरण गरी अप्टिकल फाइबर बिछ्याउन तीनवटा सेवा प्रदायकलाई जिम्मेवारी दिए पनि दुईवटा प्याकेजको काम सुरु भएको छैन । एउटा प्याकेजको काम पनि निकै सुस्त गतिमा अघि बढेको छ ।

– व्यवसायीले लकडाउन अवधिभरको विद्युत् महसुलमा छुट नपाएको गुनासो गरेका छन् । बजेटमार्फत उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युत्को डिमान्ड शुल्क नलिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको थियो । तर त्यसको कार्यान्वयन नगरी विद्युत् प्राधिकरणले पहिलेकै बिल जारी गरेकाले समस्या भएको व्यवसायीको भनाइ छ ।

– कोभिड–१९ को जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले व्यवसाय प्रभावित भएपछि बैंकहरूले खर्च घटाउने उपाय खोज्न थालेका छन् । यसका लागि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले एक अध्ययन प्रतिवेदन नै तयार पारेको छ, जसमा शाखा बन्द गर्नेदेखि सातामा पाँच कार्यदिन लागू गर्नेसम्मका एक दर्जनभन्दा बढी सुझाव प्रस्ताव गरिएको छ ।

– सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो । त्यस्तै चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com