Thursday, August 6th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– नायक सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले बिहार प्रहरीसँग कुरा गर्दै नयाँ कुराको खुलासा गरेकी छिन् । उनले, सुशान्त नायिका रिया चक्रवर्तीसँग खुशी नभएको बताएकी छिन् । सुशान्तका पिता केक सिंहले प्रहरीमा एफआइआर दर्ता गरेपछि रिया चक्रवर्तीको खोजीमा प्रहरीले लागेको छ । आफ्नो डेब्यू चलचित्रको समयमा बधाई दिन सुशान्तले मेसेज गरेपछि यो बिषयमा कुरा भएको अंकिताको भनाई छ ।

– गीतकारर डीआर उपाध्यायले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘छक्कै परे’बोलको गीतमा गायिका बिना भट्टराई र गायक विष्णु भट्टले आवाज दिएका छन् । गीतमा संगीत गायक भट्टको नै छ । माइकल चन्दले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन तथा शिलन लम्सालको सम्पादन छ ।

– अमेरिकामा यो वर्ष हुन लागेको राष्ट्रपति चुनावका कारण अभिनेत्री तथा मोडेल किम कार्दसियनको विवाह संकटमा परेको छ। किमले आफ्ना पतिलाई राष्ट्रपति चुनावबाट पछि नहटे तलाक दिने धम्की दिएकी छन्। अमेरिकीर्यापर कान्ये वेस्टले राष्ट्रपति निर्वाचनमा भाग लिने घोषणा गरेपछि उनकी पत्नी किम कार्दसियनबीच तनाव बढेको हो। कान्ये वेस्टले किममाथि आफूलाई एउटा डाक्टरसँग बन्द गर्ने प्रयास गरेको आरोप लगाएका छन्। कान्येले यो आरोप यस्तो समयमा लगाए जति बेला दुवैको तलाक हुने अड्कलबाजी हुँदै थियो।

– चलचित्र ‘छक्का पन्जा ४’ निर्माणका लागि ३ करोड भन्दा बढी बजेट लाग्ने निर्माता तथा लेखक दिपकराज गिरीले जानकारी दिएका छन् । निर्माता गिरीका अनुसार, यो चलचित्र छायांकनका लागि १ बर्ष लाग्नेछ । चलचित्रलाई विभिन्न समयमा छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने भएको हो । यो अघि दिपकराज र उनको टिमले बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने तयारी गरेको छ । यसपछि मात्र चलचित्र ‘छक्का पन्जा ४’को छायांकन सुरु हुनेछ ।

– एक बलिउड चलचित्रसँग कथा मिलेपछि चलचित्र ‘दिमाग खराब’ अब नबन्ने भएको छ । सिमोस सुनवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘दिमाग खराब’मा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले काम गर्ने पक्का भएको थियो । निश्चल र स्वस्तिमाले पनि केही समय अगाडि यो चलचित्रमा काम गर्न लागेको जानकारी दिएका थिए । बलिउड चलचित्र ‘मोतीचुर चकनाचुर’सँग ‘दिमाग खराब’को बिषय मिलेपछि यो चलचित्र अब स्क्रिप्टमै थन्किने भएको हो ।

– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकाररनिर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ । भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए । यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । यसबाहेक भुवन र उनका वरपरका मान्छेहरुले आफूमाथि सामूहिक हमला गरिरहेको साम्राज्ञीको भनाइ छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com