Thursday, August 6th, 2020
शब्दको शक्ति (प्रेरक कथा)

शब्दको शक्ति (प्रेरक कथा)

एउटा युवा चितुवा पहिलो पटक सिकार गर्न निस्कियो । उ केही पर मात्रै पुगेको थियो कि एउटा स्यालले उसलाई रोक्दै भन्यो, ‘कहाँ हिडेको भाइ ?’ चितुवाले रोमान्चित हुदै भन्यो, ‘आज म पहिलो पल्ट सिकार खेल्न हिंडेको ।’ स्यालले खिसी गर्दै भन्यो, ‘अहिले त तिमी सानै छौ । झन् तिमी सँग सिकार गर्ने कुनै अनुभव पनि छैन, तिमीले कसरी सिकार गर्छौ र ?’ स्यालको कुरा सुनेर चितुवा उदास भयो । दिनभरि उ मन नलागी नलागी यताउति हिडी रहयो । उसले १, २ पटक प्रयास पनि ग¥यो तर असफल भयो । त्यस दिन उ भोकै घर फर्कियो ।

भोलिपल्ट उ फेरि सिकार गर्न निस्कियो । केही पर पुगे पछि एउटा बूढो बाँदरले उसलाई देख्यो र सोध्यो ‘कहाँ हिंडेको बाबु ?’ ‘म सिकार गर्न हिडेको काका’ चितुवाले भन्यो । ‘राम्रो’ बादरले भन्यो, ‘तिमी छिटो कुद्छौ र बलियो पनि छौ, तिमी एकदिन कुशल सिकारी बन्नेछौ, जाउ तिमी अवश्य सफल हुनेछौ ।’ बादरले यति भनेको सुनेर चितुवा उत्साहित भयो र केही बेर मै उसले एउटा सानो हरिणको सिकार ग¥यो ।

हाम्रो जीवनमा शब्दको महत्वपूर्ण स्थान हुन्छ । दुवै दिन चितुवा त्यही थियो, तर उसलाई हतोत्साहित गर्दा उ असफल भयो र उत्साहित गर्दा उ सफल भयो । त्यसैले हामी आफै सँग कुन शब्द बोल्छौ ,ध्यान दिनु पर्छ किनकि शब्द निकै शक्तिसाली हुन्छ र त्यही शब्द हाम्रो विचार बन्न पुग्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com