Thursday, August 6th, 2020
जुकरबर्ग, बिल गेट्सले दिएको पैसा कमाउने टिप्स

जुकरबर्ग, बिल गेट्सले दिएको पैसा कमाउने टिप्स

संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्स र फेसबुकका फाउन्डर मार्क जुकरबर्गले पैसा कमाउन मद्दत गर्ने सजिलो टिप्स दिएका छन् । उनीहरूको नियमले जीवनमा अघि बढ्न जागिर र व्यवसाय गर्न निकै मद्दत गर्नेछ । ती सरल टिप्स यसप्रकार छन् ।

मनिसहरुको योग्यता एकजुट बनाउनुहोस्

एउटा लाइभ फेसबुक प्रोग्राममा बिल गेट्सले भनेका थिए कि बुद्धिमान् हुने कुनै एउटा सही तरिका हुँदैन । बेग्लो बेग्लै दक्षता भएका व्यक्तिलाई एकै ठाउँमा राखी रहनुले तपाईलाई सफल बनाउन सक्छ । गेट्सलाई पहिला लाग्थ्यो कि जसको तीक्ष्ण बुद्धि हुन्छ, उसले सबै कुरा गर्न सक्छ, तर वास्तवमा यस्तो हुँदैन । तपाईको तीक्ष्ण बुद्धिले तपाईलाई निपुण बनाउँदैन, बरु बेग्लाबेग्लै दक्षताले तपाइलाई निपुण बनाउँछ । यदि तपाईको संंस्थामा बेग्लाबेग्लै दक्षता भएका मानिसहरू काम गर्छन् भने उनीहरूको क्षमताको उत्कृष्ट तरिकाले उपयोग गरी बढी फाइदा लिन सकिन्छ ।

आफूमाथि विश्वास गर्नुहोस्

फेसबुकका फाउन्डर मार्क जुकरबर्गले भनेका छन् कि आफूमाथि विश्वास गर्नुहोस् किनकि जति तपाई सोच्नुहुन्छ, त्यो भन्दा बढी गर्न सक्नुहुन्छ । यो विश्वास गर्नुहोस् कि तपाई जे पनि सिक्न सक्नुहुन्छ । युवावश्थामा सबै जना अनुभवहीन हुन्छन् र उनीहरू आफू माथि धेरै विश्वास गर्दैनन् । यसको सट्टा आफू माथि विश्वास गरी काम सुरु गर्नुहोस् र सिक्ने क्षमतामा वृद्धि गर्नुहोस् ।

काम र घरको संतुलन बनाउनुहोस्

द बिल र मिलिंडा गेट्स फाउन्डेसनकी सह चेयरमेन मेलिंडा गेट्सले भनेकी छिन् कि महिलाहरूका लागि परिवार, काम र करियरको बिचमा संतुलन बनाउन निकै गा¥हो हुन्छ । तर जीवनमा आफ्नो प्राथमिकता निर्धारण गर्नुहोस् । आफ्नो सम्बन्धमा पनि ध्यान दिनुहोस् । मेलिंडा फाउन्डेसनका थुप्रै कामहरू हेर्छिन् , तर दिनको अन्त्यमा उनको परिवार र बच्चा उनको प्राथमिकतामा हुन्छन् ।

तपाई के बन्न चाहनुहुन्छ, नदेखाउनुहोस्

तपाई भविष्यमा के बन्न चाहनुहुन्छ, कसैलाई खोलेर देखाउने आवश्यकता छैन । सपनालाई त्यस बेला सम्म सुरक्षित राख्नुहोस् जबसम्म त्यो पूरा हुँदैन । यसले तपाईको सपना पूरा गर्न कम बाधाहरू आउनेछन् । जब सपना पुरा हुन्छ, तपाईँको रहस्यले अरूलाई प्रेरित गर्नेछ ।

कलेज पास गर्नासाथ पैसा कमाई हु“दैन

तपाई कलेज पास गर्नासाथ महिनाको हजारौँ कमाउन थाल्नुहुन्न । तपाईले एकै दिनमा पहाड चढ्न सक्नुहुन्न जीवनमा बिस्तारै अगाडि बढ्नुहोस् ,तर ठुलो बन्नुहोस् । तपाईँ जे चाहनुहुन्छ, त्यो बन्न सक्नुहुन्छ , तर त्यसका लागि काम गर्नुपर्छ । आफ्नो सफलतालाई पचाउन सिक्नुपर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com