Sunday, September 20th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशकका अनुसार सोमबारसम्म १२ वटा कम्पनीले काठमाडौंलाई विभिन्न मुलुकका १८ शहरमा जोड्ने गरी उडान अनुमति मागेका छन् । यसमा स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत रहेका छन् ।

– राहदानी विभागले ई–पासपोर्ट छाप्न आह्वान गरेको ठेक्कामा चार विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । विभागले चारै कम्पनीको प्रस्ताव शुक्रबार खोलेको हो । विभागले तीन वर्षमा २० लाख ई–पासपोर्ट छाप्ने गरी ठेक्का सूचना निकालेको थियो ।

– उच्च अदालत पाटनले तत्कालका लागि रेलवेको पूर्वाधार निर्माणसम्बन्धी ठेक्का प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शान्ता सेढाईं सापकोटाको इजलासले आगामी २६ गतेसम्मका लागि टेन्डरसम्बन्धी काम यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

– सर्वसाधारणको २ करोड ६० लाख वटा खातामा रहेको करिब पौने ७ खर्ब रुपैयाँबराबर निक्षेपको बिमा (सुरक्षण) भएको छ । व्यक्तिगत (प्राकृतिक व्यक्ति) खातामा रहेको निक्षेपको प्रतिखाता न्यूनतम ३ लाख रुपैयाँ बिमा गर्नुपर्ने प्रावधानअनुसार गत असारसम्म ६ खर्ब ८९ अर्ब रुपैयाँ बिमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतले बताए ।

– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षको चौथो चौमासिकमा ७५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । मन्त्रालयको विकास समस्या समाधान समितिको बैठकमा सोमबार प्रस्तुत तथ्यांकअनुसार गत आर्थिक वर्षको तेस्रो चौमासिकमा वित्तीय प्रगति ७३ प्रतिशत भएको छ ।

– हेटौंडा–१४ स्थित मयूरधापमा स्थापनाका क्रममा रहेको नयाँ औद्योगिक क्षेत्रको विवाद टुंगिएको छ । औद्योगिक क्षेत्र स्थापनामा वन मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबीचको करिब दुई वर्षदेखि विवाद थियो ।

– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७।९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको छ । यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बृद्घ ब्यबशाय कर्जारघडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ ।

– नेपाल आयल निगमले देशभरका प्रादेशिक, शाखा र केन्द्रीय कार्यालयका दर्जन बढी कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । कर्मचारी प्रशासन विनियमावलीअनुसार लामो समय एउटै विभागमा कार्यरत तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा रहेकाहरुको सरुवा गरिएको निगमले जनाएको छ ।

– सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९८ हजार ८ सय रुपैयाँ तोकिएको हो । आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com