Sunday, September 20th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– ‘हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । सुजन ग्याङ्ग ग्रिन अन्र्तगत लाउरेको टिममा रहेका सुजनले अडिसन, कलिङ र जर्नी राउण्ड हुँदै फाइनलमा उपाधि जितेका हुन् ।

– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनबारे अनुसन्धानको क्रममा बिहार प्रहरी र मुम्बइ प्रहरीबीच विवाद उत्पन्न भएको छ । घटनाको अनुसन्धानका लागि मुम्बइ पुगेका बिहारका आईपीएस अधिकारी विनय तिवारीलाई जबर्जस्ती क्वारेन्टाइनमा राखिएको बताइएको छ । बिहार प्रहरीका महानिर्देशक गुप्तेश्वर पाण्डेले यस्तो आरोप लगाएका हुन् । सुशान्तको मृत्युबारे उनका बाबुले बिहार प्रहरीमा मुद्दा दायर गरेका थिए ।

– नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को छायांकन लकडाउनका कारण रोकिएको छ । इदमा रिलिज हुने भनिएको यो चलचित्र अब भने कहिले रिलिज हुन्छ पक्का छैन । सलमानले ‘राधे’पछि कुन चलचित्रमा काम गर्दैछन् भन्ने कौतुहलता उनको फ्यानहरुमा छ ।

– नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को छायांकन लकडाउनका कारण रोकिएको छ । इदमा रिलिज हुने भनिएको यो चलचित्र अब भने कहिले रिलिज हुन्छ पक्का छैन । नायक सलमान खानले केही दिन अगाडि चलचित्र निर्माण हुन लागेको संकेत गरेका थिए । भारतीय मिडियाका अनुसार, यो चलचित्रलाई मनिष शर्माले निर्देशन गर्दैछन् । ‘एक था टाइगर’ हिट भएपछि सलमानले ‘टाइगर जिन्दा हे’मा काम गरेका थिए । यसपछि, सलमानले ‘टाइगर ३’मा काम गर्न लागेका हुन् ।

– मोडल रियाशा दाहालले अभिनय गरेको पहिलो म्यूजिक भिडियो ‘आउँछु म फर्केर’ हो । यो भिडियोमा काम गरेकी रियाशा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउन लुजडाउनमा परिणत भएपछि रियाशाले ‘ए है माया’ बोलको गीतमा अभिनय गरिन् । यो गीत युटुबमा हिट भएपछि रियाशाको माग म्यूजिक भिडियोमा बढ्यो । अहिले, उनी लोक, आधुनिक गीतका भिडियोमा व्यस्त छिन् ।

– रेडियोमा आवाजको माध्यमबाट लाखौ श्रोतामाझ पुगिरहेकी संचारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । केही सपना र केही रहर पुरा गर्नका लागि आफूले गीत सार्वजनिक गरेको राधिका बताउँछिन् । यो गीतमा राधिकाले प्रेम आशक्तिको कुरा गरेकी छिन् । गीत सार्वजनिक भएपछि गायिकाको रुपमा पनि दर्शकले राधिकालाई रुचाएका छन् । अश्विन अधिकारीको शब्द तथा संगीतमा तयार भएको गीतले राधिकाको सांगीतिक करिअर सुखद रहेको संकेत गरेको छ । हरि हुमागाँइको छायांकन रहेको यो गीतको भिडियोमा राधिका आफैले मोडलिङ गरेकी छिन् ।

– चलचित्र ‘आमा’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक दीपेन्द्र के खनालले अब २ चलचित्र निर्देशन गर्ने तयारी थालेका छन् । उनले, ‘चिसो मान्छे र लकडाउन’ निर्देशनको तयारी थालेका हुन् । उनले, सरकारले छायांकनको अनुमती दिएपछि ‘चिसो मान्छे’को छायांकन सुरु गर्नेछन् । निर्देशक खनालका अनुसार, उनले चलचित्र ‘चिसो मान्छे’लाई घाममा खिच्ने छैनन् । चलचित्र ‘आमा’को अधिकांश दृश्यमा पानी देखाएका निर्देशकले ‘चिसो मान्छे’लाई घाममा नखिच्ने बताए । मानिसहरुको काम गर्ने शैली र प्रवृत्तीका कारण समाज कसरी चिसो भैरहेको छ भन्ने कथा ‘चिसो मान्छे’मा प्रस्तुत गरिने दीपेन्द्रले बताए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com