Tuesday, September 22nd, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ । करिनाले, आफू बलिउड पृष्ठभूमीमबाट यो क्षेत्रमा आएपनि संघर्ष गरेको बताइन् । तर, यो अरु केही कलाकारको जस्तो रोचक भने नभएको उनको तर्क छ । कपुर परिवारबाट बलिउडमा प्रवेश गरेकी नायिका करिनाले करिब एक दर्शक बलिउडमा राज गरेकी थिइन् । अहिले उनको क्रेज पहिलेको जस्तो छैन । तर, पनि उनले केही चलचित्रमा अभिनय भने गरिरहेकी छिन् ।

– नायिका नीता ढुंगाना नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ । नीता अब आफ्नै ब्यानरमा चलचित्र बनाएर अगाडि बढ्ने तयारीमा छिन् । यो समयमा नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा पनि खुबै छ । भलै, यी दुइले प्रेमलाई अस्विकार गरिसकेका छन् । तर, नायिका ढुंगानाको सामाजिक संजाल भने पछिल्लो समय प्रेमका हरफहरुले रंगिन थालेका छन् ।

– नायक आर्यन सिग्देलले आज आफ्नो जन्मदिन मनाइहेका छन् । जन्मदिन मनाउन आर्यन पोखरा पुगेका छन् । हुनत, आर्यनलाई जन्मदिनको शुभकामना केही दिनदेखि नै आइरहेको थियो । तर, उनको आज वास्तविक जन्मदिन हो । आर्यनलाई उनका फ्यान, शुभचिन्तक र परिवारले जन्मदिनको शुभकामना दिइरहेका छन् । आर्यनलाई अमेरिकामा रहेका उनका साथी जीवन लुइटेलले ‘मेरो एउटा साथी’लाई भन्दै जन्मदिनको शुभकामना दिएका छन् ।

– कोरोनाले गर्दा चार महिनादेखि भारतका सिनेमा हल बन्द छन् । बलिउड फिल्मकर्मीले डिजिटल प्लेटफर्ममार्फत् फिल्म प्रदर्शन गरिरहेका छन् । डिजिटल प्लेटफर्मको प्रयोगलाई मध्यनजर गर्दै अभिनेता नसिरुद्दिन शाह अबको २५ वर्षभित्र सिनेमा हलहरु बाँकी नरहने धारणा राखेका छन् । उनले अबको २५ वर्षमा कुनै हल बाँकी नरहने र ती सब ुसपिङ मलु या त रेष्टुरेन्टमा परिणत हुने बताएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com