Tuesday, September 22nd, 2020
स्वादिलो आँपका अनगिन्ती फाइदाहरू

स्वादिलो आँपका अनगिन्ती फाइदाहरू

गर्मी महिनाको रसिलो फल आँप स्वादिलो मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । आँपमा सेचुरेटेड फ्याट, सोडियम र कोलेस्ट्रोल निकै कम मात्रामा पाइन्छ । यो भिटामिन ए, सी, बी ६ र फाइबरको निकै राम्रो स्रोत हो । यदि तपाईँ आफ्नो तौल बढाउन चाहनुहुन्छ भने आँपले मद्दत गर्नेछ । यसमा म्याग्नेशियम, कपर र पोटाशियम जस्ता मिनरल्स पनि प्रशस्त मात्रामा पाइन्छ । यसमा क्वारसीटिन, बिटा केरोटीन र एक्ट्रागालीन जस्ता एन्टी अक्सीडेन्ट तत्वहरु पनि पाइन्छन् । यस्ता एन्टी अक्सिडेन्टमा फ्री रेडीकल्स सँग् लड्ने शक्ति हुन्छ । फ्री रेडिक्ल्सले कोसीका ड्यामेज गर्ने, मुटुको रोग, बुढ्यौली, क्यान्सर जस्ता रोग उत्पन्न गर्छ । यसै गरी आँपका अन्य फाइदाहरू यसप्रकार छन् ।

आँखा तेजिलो बनाउँछ

आँपलाई भिटामिन ए को भण्डार मानिन्छ । भिटामिन ‘ए’ आँखाको ज्योति बढाउन र रतन्धो जस्तो रोगबाट बच्नका लागि अति आवश्यक हुन्छ । दिनहुँ १ गिलास आँपको जुस पिउँदा एक दिनका लागि आवश्यक भिटामिन ‘ए’ को २५ प्रतिशत प्राप्त हुन्छ । भिटामिन ए ले आँखाको सुख्खापन पनि हटाउँछ ।

शरीरको रोग प्रतिरोधक क्षमता वृद्धि गराउछ

आँपमा बिटा केरोटीन, भिटामिन सी, भिटामिन ए बाहेक २५ प्रकारका केरोटेनाइड्स प्रशस्त मात्रामा पाइन्छ । आँपमा पाइने यस तत्वले शरीरको रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्छ ।

गर्भवती महिलाका लागि लाभदायक

गर्भवती महिलाले आँप अवश्य खानु पर्छ किनकि यसमा प्रशस्त मात्रामा आइरन हुन्छ । गर्भावस्थामा डाक्टरले आयरनको चक्की खाने सल्लाह दिन्छन् । यसको सट्टा आँपको जुस खाएर पनि आइरनको आवश्यकता पुरा गर्न सकिन्छ ।

तौल बृद्धि गर्न मद्धत गर्छ

मोटाउन चाहने व्यक्तिका लागि आँपले मद्दत गर्न सक्छ । सय ग्राम आँपमा ४६ केलोरी हुन्छ । हाम्रो शरीरले यस केलोरीलाई सजिलै सोस्छ । यसबाहेक आँपमा स्टार्च पाइन्छ । जुन चिनीमा परिवर्तन भई तौल वृद्धि गर्न मद्दत गर्छ ।

पाचन सही राख्छ

मेवामा जस्तै आँपमा पनि पाचनलाई सही राख्ने गुण हुन्छ । आँपमा यस्ता एन्जाइम पाइन्छ, जसले प्रोटिन टुक्रयाउने र खाना पचाउने काम गर्छ । यसले अपच र एसिडिटीको समस्या पनि हटाउँछ ।

डण्डीफोर हटाउँछ

आँप खादा वा फेस प्याक बनाएर लगाउँदा छालाको रोमछिद्र खुल्छ र डण्डीफोरबाट मुक्ति मिल्छ । यसका लागि आँपको गुदी १० मिनेट सम्म अनुहारमा लगाउनुहोस् र पानीले पखाल्नुहोस् ।

चाउरीपन हटाउँछ

आँपमा भिटामिन सी र ए पाइन्छ, जसले शरीरमा कोलाजेन प्रोटिन उत्पादन गर्छ । कोलाजेनले रक्तकोशिका र शरीरको तन्तुहरूको सुरक्षा गर्न मद्दत गर्छ, जसबाट छालामा बढ्दो उमेरको प्रभाव पर्दैन र छाला लामो समय सम्म जवान देखिन्छ ।

क्यान्सरबाट बचाउँछ

आँपमा पाइने एन्टी अक्सिडेन्टले कोलोन क्यान्सर, ब्रेस्ट क्यान्सर, ल्यूकेमिया र प्रोस्टेट क्यान्सरबाट बच्न मद्दत गर्छ । यसमा क्युर्सेटिन, एस्ट्रागालिन र फिसेटीन जस्ता केही तत्त्व पाइन्छ, जसले क्यान्सरबाट बच्न मद्दत गर्छ ।

कोलेस्ट्रोल कम गर्छ

आँपमा पाइने फाइबर र भिटामिन सीले ब्याड कोलेस्ट्रोल नियन्त्रित गर्न मद्दत गर्छ ।

स्मरण शक्ति बृद्धि गर्छ

यसमा पाइने ग्लूटामिन एसिड भन्ने तत्वले स्मरण शक्ति वृद्धि गर्ने उत्प्रेरक जस्तै काम गर्छ साथै यसबाट रक्त कोसीका पनि सक्रिय हुन्छ ।

रक्तचाप नियन्त्रण गर्छ

आँपमा प्रशस्त मात्रामा भिटामिनहरू पाइन्छ, जसबाट तपाई स्वस्थ रहनुहुनेछ । यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com