Sunday, September 20th, 2020
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरे

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरे

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने निर्णय गरेका छन् ।

पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्को निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
     
लकडाउनपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com