Sunday, September 20th, 2020
खेलकुद

खेलकुद

– बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको २०२० को सर्वाधिक कमाइ गर्ने खेलाडीहरुको सूचीमा मेसी शीर्ष स्थानमा रहेका हुन् । फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

– यही सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् । सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध छन् । उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए । ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप यूएई गएका हुन् ।

– सर्बियाली नोभाक जोकोभिच अझै पनि विश्वका सबैभन्दा उत्कृष्ट टेनिस खेलाडी हुन् । आफ्नै कारणले यी विश्व नम्बर एक खेलाडीको अनुपस्थितिमा डोमिनिक थिएमले आइतबार यूएस ओपन जिते । उनले फाइनलमा जर्मनीका एलेक्जेन्डर जेभरेभलाई पराजित गरे ।

– फ्रायन्क लाम्पार्डको खर्चालु चेल्सीले सोमबार इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । उसले ब्राइटनको घरमा ३–१ को जित निकाल्यो र त्यसमा टिमो वार्नरले आत्मविश्वासले भरिएको डेब्यु गरे ।

– मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) सहयोग गर्ने भएको छ । सिप्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको उपचारमा सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । क्रिकटर भण्डारीको अहिले ग्राण्डी हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ ।

– साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो हार खेपेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी मार्सेलीसँग १–० गोलले स्तब्ध भएको थियो। सिजनको पहिलो खेलमा लेन्ससँग १–० गोलले नै पराजित भएको पीएसजीले खराब लयलाई अन्त्य गर्न सकेन।
– अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटअन्तर्गत दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको छ। म्यानचेस्टरमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले पाहुना टोली अस्ट्रेलियालाई २४ रनले हरायो। जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–१ को बराबरी पनि गरेको छ।

– लेस्टर र एभर्टनले प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेका छन्। आइतबार राति भएको लिगको आफ्नो पहिलो खेलमा लेस्टरले नवप्रवेशी टोली वेस्ट ब्रोमविच अल्बिओनलाई ३–० गोलले हरायो। अर्को खेलमा एभर्टनले टोट्टनहामलाई उसैको मैदानमा १–० गोलले स्तब्ध बनायो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com