Sunday, September 20th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– स्मार्टफोन ब्रान्ड ओप्पोले अन्तर्राष्ट्रिय बजारमा नयाँ ‘कलरओएस ११’ सार्वजनिक गरेको छ । यसले यूआई कस्टमाइजेसनको सुविधा उपलब्ध गराउँछ । यो स्मार्टफोनमा ब्याट्रीलाई लामो समयसम्म टिकाउन सुपर पावर सेभिङ मोड छ ।

– बैंक अफ काठमान्डु (बीओके) ले घरायसी उपकरणको खरिदमा शून्य प्रतिशत किस्ताबन्दी योजना ल्याएको छ । बैंकले नजिकिँदै गरेका चाडपर्वलाई लक्ष्य गर्दै क्रेडिट कार्डवाहकका लागि यो योजना ल्याएको हो । यो योजनाबाट बैंकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा कुनै ब्याज नलाग्ने बैंकले जनाएको छ ।

– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले-कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका थिए ।

– आगामी वर्ष नेपालको अर्थतन्त्रको वृद्धिदर झन् खस्किने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । एडीबीले प्रकाशन गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२० मा आगामी वर्ष सन् २०२१ मा नेपालको अर्थतन्त्र वृद्धिदर १.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

– सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो ।

– आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

– सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी यही असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्यका मापदण्ड पूरा गरी होटल, रेण्टुरेन्ट, पदयात्रा र ट्राभल व्यवसाय सञ्चालन गर्न सकिने बताए।

– नेटवर्किङ व्यवसायसम्बन्धी प्रतिवेदनमाथिको छलफल गर्न बोलाइएको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । बिहान साढे ११ बजे बोलाइएको बैठकमा सवा १२ बजेसम्म ६र७ जना मात्रै उपस्थित थिए ।

– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार बिहान छड्के अनुगमन गरिएको मन्त्री भट्टको स्वकीय सचिवले बताए ।

– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीलाई छिटोभन्दा छिटो स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरेकी छन्। सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गर्न नसक्नु खेदजनक रहेको उनले बताइन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com