Wednesday, October 28th, 2020
ओठ मोटो र भरिलो बनाउने मेकअप टिप्स

ओठ मोटो र भरिलो बनाउने मेकअप टिप्स

ओठलाई महिलाहरूको सुन्दरताको सबैभन्दा महत्वपूर्ण अङ्ग मानिएको छ । सुन्दर ओठमा जब रातो लिपिस्टीक लगाइन्छ, त्यस बेला हजारौँ आँखाहरू तपाईको ओठमा ठोक्किनेछन् । प्रायः मोटो र भरिलो ओठलाई सेक्सी भनिन्छ । त्यसैले युवतीहरू त्यस्तै ओठ बनाउन इच्छुक हुन्छन् । यदि तपाई पनि आफ्नो ओठलाई मोटो र भरिलो देखाउन चाहनुहुन्छ भने निम्न मेकअप टिप्स अपनाउन सक्नुहुन्छ ।

स्क्रब गर्नुहोस्

स्क्रब गर्दा हाम्रो छालाको मृत कोशिका अलग हुन्छ । यसबाट छाला सफा भई निखार प्राप्त हुन्छ । यसै गरी ओठलाई सुन्दर र गुलाबी बनाउनका लागि ओठमा पनि स्क्रब गर्नु आवश्यक हुन्छ । यसका लागि चिनीमा कागती मिसाई ओठमा लगाउनुहोस् र हल्का हातले दल्दै ओठको माथिल्लो आवरण निकाल्नुहोस् । यसबाट तपाईको ओठ गुलाबी, मोटो र आकर्षक देखिनेछ । स्क्रब गर्दा ओठमा गरिएको मेकअप पनि धेरै बेर सम्म टिक्छ ।

ओठमा कंसीलर प्रयोग गर्नुहोस्

कंसीलर प्रयोग गर्दा ओठमा निकै फरक ल्याउन सकिन्छ । ओठमा कंसीलर लगाउनुहोस् र त्यसलाई लिप लाइनसम्म फिजाउनुहोस् । यसबाट तपाईको ओठ भरिलो देखिनेछ ।

लिपलाइनर प्रयोग गर्नुहोस्

ओठ मोटो देखाउन लिप लाइनर अवश्य प्रयोग गर्नुहोस् । यसले ओठको आउट लाइन बनाउनुहोस् । यसबाट ओठ सुन्दर देखिनेछ ।

लिप ग्लस लगाउनुहोस्

ओठमा लिप ग्लास लगाउँदा ओठ भरिलो देखिनेछ । लिप ग्लस लगाउँदा ओठको बिचमा लगाउनुहोस् । तपाईलाई मन पर्छ भने लिपिस्टीक पनि लगाउन सक्नु हुन्छ तर म्याट लिपिस्टीक नलगाउनुहोस् ।

ओठलाई हाइ लाइट गर्नुहोस्

ओठमा अलिकति हाइलाइटर लगाई ओठलाई फिनिशिङ टच दिनुहोस् । यसका लागि एउटा राम्रो रिफ्लेक्टिङ्ग हाइलाइटर लगाउनुहोस् । यसबाट तपाईको ओठ केही भरिलो देखिनेछ ।

म्याट कलरको प्रयोग

जुन युवतीहरूको ओठ पातलो हुन्छ, उनीहरूलाई म्याट लिपिस्टीकले सुहाउँछ । यसले ओठको बनावटमा पनि निखार ल्याउँछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com