Wednesday, October 28th, 2020
ब्रम्हाण्डको अमूल्य पदार्थ ‘पानी’

ब्रम्हाण्डको अमूल्य पदार्थ ‘पानी’

पानी दुई वटा अणु मिलेर बनेको हुन्छ । H2O, जसमा हाइड्रोजनको दुई वटा अणु र अक्सिजनको एउटा अणु हुन्छ । पानी सबै प्राणीहरूको जीवनको आधार हो । पानी ब्रम्हाण्डको सबैभन्दा अमूल्य वस्तु हो । यदि पानी नहुने हो भने जीवनको कल्पना पनि गर्न सकिँदैन । एउटा वयस्क पुरुषको शरीरमा शरीरको कूल भारको लगभग ६५ प्रतिशत पानी हुन्छ भने वयस्क महिलाको शरीरको कूल भारको ५२ प्रतिशत सम्म पानी हुन्छ । हाम्रो हड्डी हेर्दा खेरि कडा र ठोस देखिन्छ तर यसमा पनि २२ प्रतिशत पानी हुन्छ । हाम्रो दाँतमा १० प्रतिशत, छालामा २०, मस्तिष्कमा ७४.६, मांसपेशीमा ७५.६ र रगतमा ८३ प्रतिशत पानी हुन्छ । यस बाहेका पानीको बारेमा अन्य केही रोचक तथ्यहरू यस प्रकार छन् ।

– एउटा स्वस्थ व्यक्तिले औसत रूपमा दिनमा ३ लिटर पानी पिउनु पर्छ ।

– संसार भरमा ७० करोड मानिसहरूसँग शुद्ध पिउने पानी उपलब्ध छैन ।

– शुद्ध पानीको पिएच मान ७ हुन्छ, जसले यसलाई न त अम्लिय न त क्षारीय बनाउँछ । स्वस्थ जीवनका लागि कम भन्दा कम अम्लीय पानी पिउनु पर्छ ।

– हामीले तिर्खा महसुस गरुन्जेल सम्म शरीरले १ प्रतिशत पानी गुमाई सकेको हुन्छ ।

– पानी हाम्रो प्रकृतिको एक्लो यस्तो पदार्थ हो, जुन द्रव्य रूपमा भन्दा ठोस रुपमा हलुका हुन्छ । यसै कारण बरफ पानीमा तैरिन्छ ।

– हाम्रो पृथ्वीमा चार भागको तीन भाग पानी छ ,तर पिउन योग्य पानी १ प्रतिशत मात्र छ ।

– पानीलाई यूनिवर्सल सोल्मेन्ट भनिन्छ किनकि यसमा अधिकांश पदार्थ घोल्ने क्षमता हुन्छ ।

– एक गिलास पानीमा जति अणु हुन्छ, त्यति गिलास पानी धर्ती भरी छैन ।

– शुद्ध पानीको न कुनै रङ्ग हुन्छ, न कुनै स्वाद न कुनै गन्ध नै हुन्छ ।

– ८० प्रतिशत पानी पृथ्वीको सतहमा र २० प्रतिशत जमिन भित्र र बाफको रूपमा हावामा छ ।

– ८० प्रतिशत रोगको कारण पानीमा उब्जिने ब्याक्टेरिया हो । हरेक वर्ष ३४ लाख मानिसहरू पानीबाट उत्पन्न रोगका कारण मर्छन् ।

– १ किलो चामल फलाउनका लागि १९०० लिटर पानी चाहिन्छ ।

– सन् १९३६ मा रुसले एउटा यस्तो कम्प्युटर बनाएको थियो, जुन पानीबाट चल्थ्यो ।

– हामीले लगाउने जिन्स तयार गर्न ८००० लिटर पानी प्रयोग गरिन्छ ।

– पानीको बोतलमा लेखिएको एक्सपाइरी डेट बोतलका लागि हुन्छ । पानी कहिल्यै एक्सपाएर हुँदैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com