Wednesday, October 28th, 2020
समयको महत्व (प्रेरक कथा)

समयको महत्व (प्रेरक कथा)

यो घटना त्यस बेलाको हो, जब हाम्रो छिमेकी देश भारतमा स्वतन्त्रता आन्दोलन जोडतोडका साथ भई रहेको थियो । महात्मा गान्धी घुमी घुमी मानिसहरुलाई स्वराज्य र अहिंसाको सन्देश दिने गर्थे । एकपटक उनलाई एउटा सभामा बोलाइयो । सभाको संचालन एकजना स्थानिय नेताले गर्नुपर्ने थियो । महात्मा गान्धी निकै अनुशासित थिए, उनी निर्धारित समयमा सभामा पुगे । उनले देखे कि सबै मानिसहरु सभामा भेला भईसकेका थिए । तर सभा संचालन गर्नुपर्ने नेता चाहि सभामा आई पुगेका थिएनन् । सबै मानिसहरु अधिर भई नेताको प्रतिक्षा गर्न थाले । ति नेता पुरै पैतालिस मिनेट ढिलो मात्र सभामा आई पुगे । उनले देखे कि सभा उनी बिना नै चलिरहेको छ, उनी निकै लज्जित भए । मंचमा पुगेर उनले आयोजकहरु सँग सोधे कि उनी बिना नै सभा कसरी संचालन भयो ? त्यसपछि गान्धीले भने ‘माफ गर्नुहोला तर जुन देशको अग्रगामी नेता नै महत्वपूर्ण सभामा पैतालिस मिनेट ढिलो पुग्छन् भने त्यहाँ स्वराज्य पनि त्यति नै ढिलो आई पुग्नेछ । नेता बिना अरु मानिसले पनि काम सुरु गर्न सक्दैनन् । यही सोचेर मैले सभा सुरु गराए किनकी मलाई डर थियो कि तपाईको ढिलो आउने आदत अरु व्यक्तिले पनि बिस्तारै अपनाउने छन् । मेरो विचारमा मानिसले एक अर्कासँग राम्रो कुरा मात्र सिक्नुपर्छ, नराम्रो कुरा होइन’ । गान्धीको कुरा सुनेर नेतालाई लाज भयो उनले त्यसैबेला संकल्प गरे कि अब हरेक काम निर्धारित समयमा नै गर्नेछु ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com