Wednesday, October 28th, 2020
धनीहरूको ७ वटा रहस्य

धनीहरूको ७ वटा रहस्य

हामी सबै जना धनी बन्ने चाहना राख्छौ, तर विभिन्न कारणहरुले गर्दा हामी धनी बन्ने बाटोमा अवरोधहरु सृजना हुने गर्छ । धनी बन्न गा¥हो भए पनि असम्भव भने छैन । यदि तपाई पनि धनी बन्न चाहनुहुन्छ भने निम्न कुराहरूमा ध्यान दिनुहोस् ।

एस्पर्टको पछि लाग्नुहोस्

साधारण व्यक्ति सँगको उठबसले तपाईको धनी बन्ने चाहनामा खासै फरक ल्याउँदैन । यदि तपाई धनी बन्न चाहनु हुन्छ भने आफ्नो क्षेत्रको एक्सपर्ट सँग भेटघाट गर्न सुरु गर्नुहोस् । उनीहरुको बारेमा बढी भन्दा बढी थाहा पाउनुहोस् कि कसरी उनीहरू धनी बन्न सफल भए ।

१०० नियम

व्यवसायको दुनियाँमा १०० को नियमले हरेक ठाउँमा काम गर्छ । यदि तपाईले १०० वटा व्यायाम १ वर्ष सम्म गर्न‘भयो भने तपाईको शरीर हलिउड अभिनेता अर्नोल्ड जस्तै देखिन थाल्छ र यदि तपाईले १०० वटा लेख एक वर्षमा लेख्नु भयो भने तपाईँ प्रसिद्ध हुनुहुनेछ । यसै गरी धनी हुनका लागि पनि तपाईले यो नियम लागु गर्न सक्नुहुनेछ ।

बढी भन्दा बढी मानिसहरुसँग भेटघाट गर्नुहोस्

एक करोड कमाउनका लागि तपाईले १ करोड मानिसलाई सहयोग गर्नुपर्ने हुन्छ । तपाईले आफ्नो प्रभाव जति धेरै छोड्नुहुन्छ, त्यति नै तपाई धनी बन्नुहुनेछ । हरेक दिन औसत रूपमा २७ जनासँग भेट्नुहोस् । यो सङ्ख्या अझै बढाउन पनि सक्नुहुन्छ । तपाईले आफ्नो सेवा वा वस्तुको जति कम मूल्य राख्नुहुन्छ, त्यति नै मानिसहरूमा आफ्ना प्रभाव छोड्नु हुनेछ ।

कामको बाँडफाँड

तपाईलाई लाग्छ होला कि तपाईँ व्यस्त हुँदा तपाईको समय सदुपयोग भइरहेको छ । तर यस्तो पनि हुन सक्छ कि तपाई व्यस्त भए तापनि तपाईको समय खेर गई रहेको छ । यदि एउटा डाक्टरले दवाई खाने तरिका र समय पनि आफै बताई रहेको छ भने उसले आफ्नो समय बर्बाद गरिरहेको छ । यस्तो कुराका लागि उसले सहयोगी राखेको छ भने उसको समय बच्नेछ र बचेको समयमा उसले अर्को रोगीको परीक्षण गर्न सक्नेछ ।

आफ्नो बजार भ्याल्यु निश्चित गर्नुहोस्

हामी सबैको एउटा मार्केट भ्याल्यु हुन्छ । जसरी तरकारीको मूल्य घटबढ भई रहन्छ । त्यसै गरी हाम्रो भ्याल्यु पनि घटबढ भई रहन्छ । तपाईको प्रतिस्पर्धीले कति कमाई रहेका छन्, तपाईले पनि आफूलाई त्यति नै सक्षम बनाउनु पर्छ वा त्यस भन्दा अघि बढ्नुपर्छ । अर्थात् तपाई कति कमाउन चाहनुहुन्छ, त्यो निश्चित गर्नुहोस् ।

युवावस्था मै सपना पुरा गर्नुहोस्

धनी बन्ने सपना देख्ने र त्यसका लागि मेहनत गर्ने उपयुक्त समय २५ देखि ३५ वर्ष भित्र सबै भन्दा राम्रो हुन्छ । त्यसपछि तपाईको दायित्व बढ्दै जानेछ र जोखिम लिन सजिलो हुँदैन ।

खर्च नियन्त्रण गर्नुहोस्

केही व्यक्तिहरू खर्च नियन्त्रण भन्दा आम्दानी बढाउनमा ध्यान दिन्छन् । भनिन्छ पैसा लगानी गर कि त खर्च गर । पैसा धेरै दिन सम्म तपाईसँग टिकेर बस्न सक्दैन । त्यसैले यदि पैसा खर्च गर्नु नै हुन्छ भने पनि आम्दानी बढाउने ठाउँमा खर्च गर्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com