Wednesday, October 28th, 2020
खेलकुद

खेलकुद

– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

– कोरोना माहामारीलाई मध्यनजर गर्दै जुम्ला अखिल नेपाल फुटबल संधले जुम्लाका खेलाडी कोच र प्रशिक्षकलाई राहत वितरण गरेको छ। प्रत्येक खेलाडीलाई २५ सयका दरले रातह वितरण गरिएको हो। बुधबार जुम्लाको राज सिममा जुम्लाका संघीय शंसद गजेन्द्रबहादुर महतको प्रमुख अथित्यमा रातह वितरण गरिएको हो।

– विश्व च्याम्पियन फ्रान्सले क्रोएसियाविरुद्धको अपराजित यात्रालाई आठ खेलसम्म निरन्तर राख्दै बुधबार यूईएफए नेसन्स लिगमा २–१ को जित निकालेको छ । खेलमा केयलिन एमबापले निर्णायक गोल गरे । यससँगै फ्रान्स समूह ‘थ्री’ को दोस्रो स्थानमा रह्यो । फ्रान्सको चार खेलबाट १० अंक भएको छ । गोल अन्तरमा पोर्चुगल समूहको शीर्ष स्थानमा छ । अर्को खेलमा क्रिस्टियानो रोनाल्डोविनाको पोर्चुगलले स्विडेनलाई ३–० ले हरायो । डिएगो जोटाले दुई गोल गरे । समूह ‘वान’ मा इटाली र नेदरल्यान्ड्सविरुद्धको खेल १–१ को बराबरीमा टुंगियो । यसै समूहमा पोल्यान्डले बोस्निया–हर्जगोभिनालाई ३–० ले पराजित गर्यो । समूह २ मा इंग्ल्यान्ड भने वेम्बलीमा डेनमार्कसँग १–० ले स्तब्ध रह्यो । खेलको एक मात्र गोल क्रिस्टियन एरिक्सलने पेनाल्टीबाट गरे । यसै समूहमा बेल्जियमले आइसल्यान्डलाई २–१ ले हराएर शीर्ष स्थानमा उक्लियो ।

– कोरोना महामारी बढेसँगै नेपाली खेलकुद क्षेत्र ठप्प जस्तै छ । कोरोना संक्रमितको दर ह्वात्तै बढेपछि प्रशिक्षणको तयारीमा जुटेका खेलाडीलाई फर्काइएको छ भने खेलकुदका मुख्य निकाय बन्द गरिएका छन् । यसै सन्दर्भमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मंगलबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन् । उनले प्रधानमन्त्री र राखेप पदाधिकारीसँग स्वास्थ्य मापदण्ड अपनाएर सम्पूर्ण खेलकुदका गतिविधि सुरु गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

– ब्राजिलका लागि सर्वाधिक गोल गर्ने सूचीमा दोस्रो स्थानमा उक्लिन नेयमरले मंगलबार पेरुविरुद्ध ह्याट्रिक गरे । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टारले अहिलेसम्म ब्राजिलका लागि ६४ गोल गरिसकेका छन् । यो रोनाल्डोको भन्दा दुई बढी हो । यस्तै उनी पेलेभन्दा १३ गोलले पछाडि छन् । नेयमरले पेनाल्टीबाट पहिलो गोल गर्दै रोनाल्डोको बराबरी गरेका हुन् । पछि दोस्रो पेनाल्टीमा गोल गरेर रोनाल्डोलाई उछिने । यसक्रममा २८ वर्षीय खेलाडी हातबाट ९ नम्बरको संकेत गरे । यो बार्सिलोना, रियल म्याड्रिड र कोरिन्थियन्सका लागि खेलेका रोनाल्डोप्रतिको सम्मान थियो । सन् २०१० मा ब्राजिलका लागि डेब्यू गरेका नेयमरले १ सय ३ खेलमा ६४ गोल गरेका हुन् । पेलेले ९२ खेलमै ७७ गोल गरेका थिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com