Wednesday, October 28th, 2020
विदेशमा आज

विदेशमा आज

– तालिबान र अफगानिस्तानबीच कतारमा वार्ता जारी रहे पनि अफगानिस्तानमा भने युद्ध रोकिएको छैन । अहिले अफगानिस्तानको हेलमण्ड प्रान्तमा सरकारी सेना र तालिबानी लडाकुको बीचमा युद्ध जारी छ । युद्धका कारण सो क्षेत्रबाट हजारौं मानिसहरु विस्थापित भएका छन् । बुधबार यो हिंस्रक संघर्षको तेस्रो दिन हो । अफगानी सैनिकहरु रणनीतिकरुपमा महत्वपूर्ण मानिएको लश्कर गाहलाई तालिबानको आक्रमणबाट बचाउने प्रयास गरिरहेका छन् ।

– फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय भएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो पर्सि शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो । उहाँले एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गर्नुभएको हो । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने छ ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोन्छो छोरालाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको खुलेको छ । अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पले आफ्ना छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण देखिएको पुष्टि गरेकी हुन् । यद्यपि उनलाई कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ । अहिले भने उनको कोरोना परीक्षणको नतिजा नोगेटिभ आएको मेलानियाले बताएकी छिन् ।

– थाइल्याण्डको सरकारले मुलुकमा तीन महिनादेखि जारी आन्दोलन नियन्त्रणको लागि आपतकालको घोषणा गरेको छ । विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा सहभागीहरुले शासन व्यवस्था परिवर्तन र प्रधानमन्त्री प्रयुथ चाङ–ओचाको राजीनामा माग गरिरहेका छन् । आपतकाल घोषणासँगै बिहीबार बिहान थाइल्याण्डमा आन्दोलनमा सहभागी २० भन्दा धेरै मानिस पक्राउ परिसकेका छन् । जसमा आन्दोलनका प्रमुख तीन नेताहरु पनि छन् ।

– अर्मेनियाका राष्ट्रपतिले अजरबैजानसँग नागोर्नो काराबखमा जारी झडपमा आफ्नो सेनातर्फ ठूलो नोक्सानी भएको बताएका छन् । उनले टेलिभिजनमा सम्बोधनको क्रममा बोल्दै निकोल पाशिन्यानले अजरबैजानमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । नागोर्नो काराबहमा अजरबैजानबाट भएको नोक्सानीबारे बोल्दै पाशिन्यानले आफ्ना वीर सहिदप्रति शोक व्यक्त गरे । उनले टर्की र अजरबैजानको गठबन्धनले आफ्नो आक्रमण नरोकेको आरोप लगाए ।

– भारतको हरियाणको पानीपट जिल्लास्थित रिषपुर गाउँबाट एक महिलाको उद्धार गरिएको छ । उनलाई श्रीमानले एक वर्षदेखि शौचालयमा थुनेर राखेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि उनका श्रीमानले भने पत्नीमा मानसिक समस्या रहेको बताएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com