Wednesday, October 28th, 2020
ब्लड क्यान्सरका संकेतहरु

ब्लड क्यान्सरका संकेतहरु

वर्तमान समयको अव्यवस्थित जीवनशैली र गलत खानपान व्यक्तिका लागि विभिन्न रोगहरूको कारण बनी रहेको छ । आजको समयमा क्यान्सर भयानक रोगको रूपमा देखा परी रहेको छ किनकि यो रोग व्यापक रूपमा देखा परी रहेको छ । यस्तो अवस्थामा समयमै यो रोग पत्ता लगाई उचित उपचार गरिनु पर्छ । आज हामी ब्लड क्यान्सर अर्थात् ल्यूकीमियाको लक्षण बताउन गई रहेका छौ, जसको बारेमा बेलैमा थाहा पाउन सके ब्लड क्यान्सर जस्तो ज्यानमारा रोगबाट बच्न सकिन्छ ।

थकान

ब्लड क्यान्सरका क्रममा शरीरमा हिमोग्लोबिनको सङ्ख्या तीव्र रूपमा कम हुन थाल्छ र अक्सिजन शरीरको अङ्गहरूमा सही मात्रामा पुग्न पाउँदैन । यसले गर्दा शरीरको सबै अंगले काम गर्न बन्द गर्छ र थकान महसुस हुने गर्छ ।

हड्डी तथा जोर्नीको दुखाई

हड्डी र जोर्नी दुख्नु आर्थराइटीस मात्र होइन ब्लड क्यान्सरको पनि लक्षण हुन सक्छ । ब्लड क्यान्सर बोन म्यारोमा हुने रोग हो, जुन हड्डी र जोर्नी वरपर बढी मात्रामा पाइन्छ । जब बोन म्यारोमा सेतो रक्तकोसिकाको मात्रा बढ्छ अनि दुखाई सुरु हुन्छ ।

पेटको समस्या

असामान्य सेतो रक्त कोशिका लिवरमा जम्मा हुन्छ, जसले गर्दा पेट सुन्निने तथा अन्य समस्याहरू देखा पर्छ । यसरी सुन्निँदा तपाईको भोक पनि कम हुन सक्छ । थोरै खादा पनि पेट भरिए जस्तो लाग्छ । यस्तो अवस्थामा डाक्टर सँग बेलैमा सम्पर्क गर्नुपर्छ ।

तौल कम हुनु

अचानक तौल कम हुनु, भोक नलाग्नु पनि ब्लड क्यान्सरको सङ्केत हुन्छ । जुन व्यक्तिलाई क्यान्सर हुन्छ, उनीहरूको तौल असामान्य रूपमा कम हुन थाल्छ । यदि कुनै प्रयास बिना नै तौल कम भयो भने यो ब्लड क्यान्सरको सुरुवातको लक्षण पनि हुन सक्छ ।

घाँटी सुन्निनु

ब्लड क्यान्सर हुँदा घाँटी वा काखी मुनि हलुका दुख्ने र सुन्निने हुन सक्छ । यसबाहेक लगातार खुट्टा सुन्निने र छाती पोल्ने हुन सक्छ । त्यसैले यस्ता लक्षणलाई बेवास्ता नगर्नुहोस् ।

निमोनिया

निमोनिया हुनु, मुखमा घाउ हुनु, छालामा डा बर आउनु, हल्का ज्वरो वा घाँटीमा इन्फेक्सन हुँदा बेवास्ता नगर्नुहोस् । यस्तो लक्षण देखा परेमा डाक्टरलाई अवश्य देखाउनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com