Wednesday, October 28th, 2020
विद्यार्थीका लागि सरल स्टडी टिप्स

विद्यार्थीका लागि सरल स्टडी टिप्स

कहिले काहीँ विद्यार्थीहरूले पढाएको कुरा बुझ्दैनन् वा उनीहरूलाई कसरी पढ्ने भन्ने कुराको सही जानकारी हुँदैन । पढ्ने सही तरिका थाहा नहुँदा पनि धेरै विद्यार्थीहरूले जति पढे पनि त्यसलाई स्मरण राखी रहन सक्दैनन् । पढेको कुरालाई स्मरण राखी रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस् ।

आफैलाई चिन्नुहोस्

सर्वप्रथम तपाई आफैलाई तपाई कस्तो विद्यार्थी हो भन्ने कुरा थाहा हुनु पर्छ । हामी सँग ५ वटा ज्ञानेन्द्रीय हुन्छ, आँखा, नाक, मुख, छाला, कान आदि । तर पढ्नका लागि हामीलाई ३ वटा मात्र ज्ञानेन्द्रमय चाहिन्छ । जुन छोएर, हेरेर वा सुनेर हो । यी तीन ज्ञानेन्द्रीय मध्ये तपाई कुनको प्रयोग गरेर पढेको कुरा छिटो याद गर्न सक्नुहुन्छ अर्थात् पढाएको कुरा सुनेर वा पाठ लेखेर वा आँखाले देखेर बढी बुझ्नुहुन्छ त्यो पत्ता लगाउनुहोस् । त्यसपछि जुन विधि अपनाएर पढ्दा तपाई धेरै बुझ्नुहन्छ , त्यहि विधि अपनाएर पढ्नुहोस् ।

सकारात्मक सोच्नुहोस्

सर्वप्रथम आफ्नो सोच सकारात्मक बनाउनुहोस् । हामी जस्तो सोच्छौ त्यस्तै बनिन्छौ । आफ्नो सोचलाई सकारात्मक बनाउनका लागि राम्रा प्रेरणादायक किताबहरू पढ्ने, प्रेरणादायक लेखहरू पढ्ने, प्रेरणादायक भिडियोहरू हेर्ने गर्नुहोस् । बिहान उठ्ने बित्तिकै आफूले गर्नुपर्ने कामहरूको एउटा सूचि बनाउनुहोस् । यसबाट आफूले चाहेको लक्ष्य सजिलै प्राप्त गर्न सकिनेछ ।

लक्ष्य स्पष्ट राख्नुहोस्

जीवनमा केही प्राप्त गर्नका लागि लक्ष्य स्पष्ट हुनु आवश्यक हुन्छ । स्पष्ट लक्ष्यको अर्थ यदि कुनै विद्यार्थीको पहिलो परीक्षामा ५० प्रतिशत अङ्क आएको छ भने अर्को पटक उसले ८० प्रतिशत अङ्क ल्याउने लक्ष्य लिनु पर्छ । तपाईको दिमागमा जीवन परिवर्तन गर्ने शक्ति छ तर कुनै पनि काम गर्नका लागि पुरा मन दिएर काम गर्नु निकै महत्वपूर्ण हुन्छ । एक पटक स्पष्ट लक्ष्य बनाई सके पछि त्यसलाई सानो सानो भागमा बाँड्नुहोस् जस्तै पढ्ने कुरालाई महिना, हप्ता, दिन वा घण्टाको स्पष्ट लक्ष्य बनाउनुहोस् ।

पढ्दा आउने समस्याहरूटिभी हेर्नु

यदि तपाई टिभीको क्रेजी हुनुहुन्छ भने आफ्नो टिभी हेर्ने एउटा समय निश्चित गर्नुहोस् । टिभी हेरेर आफ्नो अमूल्य समय खेर नफाल्नु होस् । टिभी हेर्नबाट बच्नका लागि आफ्नो कोठामा टिभी नराख्नुहोस् । टिभी हेर्दा पनि प्रेरणादायक कुराहरू मात्र हेर्नुहोस् ।

इन्टरनेट र भिडियो गेम

इन्टरनेट एउटा यस्तो माध्यम हो, जसबाट व्यक्तिले धेरै उन्नति गर्न सक्छ । तर गलत तरीकाले इन्टरनेट प्रयोग ग¥यो भने यसले जीवन बर्बाद पनि पार्न सक्छ । फेसबुकमा धेरै साथीहरू नबनाउनु होस् । नत्र दिनभरी फेसबुकमै अल्झेर समय बित्नेछ ।

मोबाइल

पढ्ने बेलामा आफ्नो साथमा मोबाइल नराख्नुहोस् । साथै केटा साथी वा केटी साथी हतपत नबनाउनु होस् किनकि यसले तपाईको ध्यान बाँडिन सक्छ ।

पढाइमा एकाग्रता बढाउने उपाय

– जुन विषय गा¥हो लाग्छ, त्यसलाई फ्रेस माइन्डका साथ पढ्नुहोस् ।

– पढ्ने एउटा निश्चित स्थान बनाउनुहोस् ।

– टाइम टेबल अनुसार पढ्नुहोस् ।

– दिनमा कम्तीमा १० मिनेट मेडिटेशन गर्नुहोस् ।

– दिनमा कम्तीमा १० मिनेट व्यायाम गर्नुहोस् ।

– राति चाडै सुतेर बिहान चाडै उठ्ने प्रयास गर्नुहोस् ।

– कम्तीमा ८ घण्टा सुत्नुहोस् ।

– आफ्नो कोठा सफा राख्नुहोस् ।

विद्यार्थीका लागि मेडिटेशन गर्ने तरिका

– हिँड्दा खेरी ४ देखि ६ पाइला सम्म मनमनै गनेर सास लिनुहोस् र फेरि ४ देखि ६ पाइदा हिँडेर सास फेर्न‘होस् । यो मेडिटेसन सुरु गर्ने सजिलो तरिका हो ।

– एक ठाउँमा बस्नुहोस् र आरामले १ देखि १०० सम्म गन्नुहोस् ।

– सासमा ध्यान दिनुहोस् । सास लिदा र फेर्दा ध्यान दिनुहोस् ।

– पढ्ने क्रममा पनि बिचमा रोकिएर १ देखि २० सम्म गन्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com