Wednesday, October 28th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– चलचित्र ‘लक्ष्मी पूजा’ कात्तिक ७ गतेबाट रिलिज हुँदैछ । हलमा पनि रिलिज गर्ने भनिएको यो चलचित्र अब हल नखुलेपछि टेलिभिजनमा रिलिज हुँदैछ । यो चलचित्रमा समावेश ‘फुर फुर पुतली’ बोलको गीत सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत छ । यो गीतको भिडियोमा चलचित्रका अतिथी कलाकार नायक सलोन बस्नेत र मोडल रियाशा दाहालले नृत्य गरेका छन् । साथमा, चलचित्रका मुख्य कलाकार जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेलीलाई गीतको भिडियोमा देख्न सकिन्छ ।

– निर्माता अनुराग कश्यपलाई बलात्कारको आरोप लगाएकी नायिका पायल घोषले अर्की नायिका रिया चड्ढासँग विनाशर्त माफी मागेकी छिन् । मुम्बइको उच्च न्यायलयमा ऋचासँग पायलले विना शर्त माफी मागिन् र अदालतले उनको यो कुरा स्विकार गरेको छ । पायलले माफी मागेपछि रिचासँगको उनको विवाद सकिएको छ । पायलले आफूले रिचाको बिषयमा गरेका सबै ट्विट र भिडियो हटाउने वाचा पनि अदालतसँग गरेकी छिन् ।

– एजुकेसन एण्ड माइग्रेसन कर्नरले निर्माण गरेको कोलम्बस की कान्छी बोलको गीतको भिडियो बजारमा आएको छ। गीतलाई ओम सुनारले गाएका हुन भने संगीत पनि उनकै छ । गीतको रचना तारा फूयांलले गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा अलिशा शर्मा र डिमोन क्षेत्रीले अभिनय गरेका छन । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन ।

– कला साहित्यको क्षेत्रमा प्रदेश १ मा सक्रिय मोरङको पथरीशनिश्चरेमा ०७६ को एसइइ परीक्षामा सामेलहरुका लागि सम्पन्न प्रदेश १ स्तरीय अनलाइन चित्रकला प्रतियोगितामा पुरस्कृतहरुलाई पुरस्कार वितरण गरिएको छ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण सम्पन्न भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सरोजा खड्गी, प्राज्ञ पवन राजवंशी, कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा सहितले पुरस्कार वितरण गरेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com