Wednesday, October 28th, 2020
दही पनीर

दही पनीर

सामाग्रीः दही–३/४ कप, मैदा– १ चिया चम्चा, पनीरको टुकडा– १ कप, सोप–आधा चिया चम्चा, मेथीको दाना–५,६ दाना, जीरा–आधा चिया चम्चा, तेल, प्याज पातालो काटेको–आधा कप, बेसार– आधा चम्चा, रातो खोर्सानीको धूलो–आधा चम्चा, कालो नुन/नुन स्वाद अनुसार, हरियो धनिया सजावटको लागि

विधिः

सोप, सरसो, मेथीको दाना, जीरालाई मिश्रण गरी एक बटुकोमा राख्ने । प्यानमा तेल तताएर सबै मिश्रणलाई हालेर फु¥याउने, अलिक रातो रातो भएपछि काटेको प्याज हालेर मध्यम आँचमा २ मिनट जति भुट्ने । त्यसपछि पनीर, बेसार, रातो खोर्सानीको धूलो, कालो नून हालेर सबै राम्रोसँग मिक्स हुनेगरी मध्यम आँचमा लगातार चलाउँदै २ मिनट जति पकाउने । फेरी दही र मैदाको घोल तयार गरी त्यसमा हाली मध्यम आँचमा लगातार चलाउँदै २ मिनट जति पकाउने । पाकिसकेपछि एउटा बोइलमा पाकेको दही पनीर खन्याउने र माथिबाट हरियो धनियाले सजाएर ता–तातो पस्किने ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com