Wednesday, October 28th, 2020
तीन गाँठाहरु (प्रेरक कथा)

तीन गाँठाहरु (प्रेरक कथा)

भगवान् बुद्ध प्रायः आफ्ना शिष्यहरुलाई शिक्षा प्रदान गर्ने गर्थे । एक दिन बिहानै सभामा उनी एउटा डोरी लिएर पुगे । उनको हातमा डोरी देखेर सबै शिष्यहरु छक्क परे किनकी यस अघि उनी सभामा केहि बोकेर ल्याउँदैन थिए । बुद्धले आसन ग्रहण गरे र नबोली कन डोरीमा गाँठो पार्न थाले । त्यहाँ उपस्थित व्यक्तिहरु अब बुद्धले के गर्ने हुन् भनेर उत्सुक भएर हेरिरहेका थिए । डोरीमा गाँठो पारे पछि बुद्धले सबैलाई प्रश्न गरे ‘मैले यो डोरीमा तीन वटा गाँठो पारे, के यो डोरी अझै पनि पहिलाकै डोरी हो त ?’ एउटा शिष्यले जवाफ दिदै भने ‘गुरुदेव, यसको उत्तर केहि कठीन छ । वास्तवमा यो हाम्रो हेर्ने दृष्टिकोणमा निर्भर गर्छ । एउटा दृष्टिकोणले हेर्ने हो भने यो त्यहि डोरी हो, यसमा कुनै परिवर्तन आएको छैन । अर्को दृष्टिकोणले हेर्ने हो भने अब यसमा तीन वटा गाँठो छ , जुन पहिला थिएन । त्यसकारण यसलाई परिवर्तनले भएको पनि भन्न सकिन्छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने बाहिर बाट हेर्दा यो परिवर्तित भएको भए पनि भित्रबाट यो पहिला जस्तो छ त्यस्तै नै छ । यसको मूलरुप त्यहि नै छ ।’ बुद्धले भने ‘तिमीले सत्य भन्यौ , अब म यो गाँठो खोल्छु ।’ यति भनेर बुद्धले डोरी झन् तन्काउन थाले र भने के यसरी तानेर यो गाँठो खोल्न सकिन्छ ?’ ‘अँह सकिदैन, यसरी यो गाँठो झन् कस्सिन्छ खोल्न गा¥हो हुन्छ ।’ एकजना शिष्यले भने । बुद्धले भने ‘ठीक छ, त्यसो भए यो गाँठोलाई खोल्न के गर्नुपर्छ ?’ शिष्यले भने ‘यसको गाँठोलाई ध्यान दिएर हेर्नुपर्छ, जस बाट यो गाँठो कसरी पारिएको छ थाहा हुन्छ र हामी गाँठो खोल्ने प्रयास गर्न सक्छौ ।’बुद्धले भने ‘म यहि कुरा सुन्न चाहन्थे मूल प्रश्न यहि हो, जुन समस्यामा तिमी अल्झेका छौ, वास्तवमा त्यसको कारण के हो त ? कारण थाहा नपाई त्यसको समाधान असंभव हुन्छ । मैले देखेको छु, धेरैजसो व्यक्तिहरु कारण नजानी समाधान गर्न चाहन्छन् । कोहि पनि म सँग यो सोध्दैन मलाई किन रिश उठ्छ, मानिसहरु भन्छन् म यो रिशलार्ई कसरी अन्त्य गरौ । कोहि पनि यो प्रश्न गर्दैन कि म भित्र अंहकारको बीउ कसरी आयो ? मानिसहरु सोध्ने गर्छन्, म अंहकार कसरी समाप्त पारौ ? जसरी डोरीमा गाँठो पार्दा पनि त्यसको मूल रुप परिवर्तन हुँदैन । त्यसैगरि मानिसमा पनि केहि विकार आउनाले उ भित्रको गुण समाप्त हुँदैन । जसरी हामी डोरीको गाँठो खोल्न सक्छौ त्यसैगरी मानव जीवनको समस्या पनि हल गर्न सक्छौ । जब सम्म जीवन छ, तब सम्म समस्या हुन्छ र हरेक समस्याको समाधान हुन्छ । त्यसका लागि समस्याको कारण राम्रो सँग थाहा पाउनु पर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com