Wednesday, October 28th, 2020
खेलकुद

खेलकुद

– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरबाट १७२ रनको लक्ष्य पाएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर जित हासिल गर्यो ।

– ब्राजिलियन फुटबल लिजेन्ड रोनाल्डोले देशका लागि धेरै गोल गर्ने गोलकर्ताहरुको सूचीमा दोस्रो बन्न सफल भएकोमा नेयमारलाई बधाई दिँदै उनको प्रशंसा गरेका छन् । विश्वकप क्वालिफाइङमा पेरुविरुद्ध गरेको ह्याट्रिकसँगै नेयमार देशका सर्वाधिक गोलकर्ताहरुको सूचीमा दोस्रो स्थानमा उक्लेका थिए । २८ वर्षीय नेयमारको अन्तर्राष्टिय गोल संख्या ६२ पुगेको छ ।

– तेक्वान्दो खेलाडी विनोद थापाले मोस्ट मार्शल राउण्ड हाउस किक इन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हानेका छन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेका हुन् । सुदूरपस्चिम प्रदेश तेक्वान्दो सङ्घले धनगढीमा बिहीबार एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो । बिहीबार दिउँसो साढे १२ मा सुरु भइ साढे एक बजेसम्म एक घण्टामा २७५० किक हानेर यो रेकर्ड बनाएका हुन् ।

– तीव्र गतिका बलर एनरिक नोर्ट्जेले इन्डियन प्रियिमर लिगमा बुधबार सबैभन्दा तीव्र गतिको बल फालेको कीर्तिमान बनाएका छन् । उनको टिम दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि प्राप्त गरेको १३ रनको जितमा यो सम्भव भएको हो । दक्षिण अफ्रिकी २६ वर्षीय एनरिकले दुबईमा १ सय ५४.७४ र १ सय ५५.२१ किलोमिटर प्रतिघण्टामा बलिङ गरे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com