Wednesday, October 28th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।

– भैरहवा भन्सार परिसरमा पार्किङ स्थलको सुविधा पर्याप्त नहुँदा भैरहवा नाकाबाट हुने आयात प्रक्रिया असहज र बढी खर्चिलो हुन थालेको गुनासो आउन थालेको छ । भैरहवा नाकाबाट आयात गर्दा ढुवानीका लागि धेरै दिन लाग्ने र डेमरेज, डिटेन्सनलगायत अतिरिक्त शुल्क तिर्नुपर्दा आयातित सामानको लागत बढ्ने गरेको हो । यसले गर्दा भैरहवा क्षेत्रको उत्पादन र व्यवसाय नै प्रभावित हुन थालेको छ ।

– सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

– कृषि मन्त्रालयको अध्ययन कार्यदलले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव भएको निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ । प्रारम्भिक प्रतिवेदनमा नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन भने आवश्यक रहेको उल्लेख छ ।

– दसैं पर्वलाई लक्ष्य गरी मुस्ताङबाट बर्सेनि भेडाच्यांग्रा बागलुङ, पर्वत, कास्कीलगायत जिल्लामा ल्याइन्थ्यो । पछिल्लो समय काठमाडौं, चितवन, बुटवललगायत क्षेत्रमा पनि लैजान सुरु भएको थियो । यस पटक भने च्यांग्रा निकै कम मात्रामा झरेका छन् । यसले मूल्य अकासिएको छ । आपूर्ति घटेपछि बढी मूल्य हुँदा सामान्य परिवारले मुस्ताङी च्यांग्राको मासु खान नसक्ने अवस्था आएको छ ।

– नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार सम्हालेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेलगत्तै पौडेलले विश्व बैंकसँग ऋण लिन प्रक्रिया अघि बढाउनेसम्बन्धी निर्णय गरेका छन् । दुई सय मिलियन अमेरिकी डलर ९करिब २० अर्ब रुपैयाँ० ऋण स्वीकार गर्ने प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय अर्थमन्त्री पौडेलले गरेको अर्थ सचिव ढुंगानाले जानकारी दिए ।

– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने प्रसारण लाइनको एउटा टावर भाँचिएको छ। जगसहित भासिएर टावर भाँचिएसँगै ४५६ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् वितरण कार्य थप २ महिना ढिलाइ हुने भएको छ। कालिञ्चोक गाउँपालिका–३, पुटुङस्थित माथिल्लो तामाकोशीको एपी २२र० नम्बरको टावर भाँचिएको हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com