Wednesday, October 28th, 2020
सफलताको ग्यारेन्टी दिने ५ मन्त्रहरू

सफलताको ग्यारेन्टी दिने ५ मन्त्रहरू

के तपाईले यस्तो कुनै व्यक्ति चिन्नु भएको छ ,जो सफल हुन चाहँदैन । शायद यस्तो कुनै व्यक्ति छैन, जो सफल हुन चाहँदैन । आज हरेक व्यक्ति सफल हुन चाहन्छ र यसका लागि हर सम्भव प्रयास गर्छ र जति बेला पनि आफै सँग कसरी सफल हुने भनेर प्रश्न सोध्छ उदाहरणका लागि एउटा विद्यार्थीले परीक्षामा कसरी उच्च अङ्क प्राप्त गर्ने भनेर सोच्छ भने एउटा व्यवसायीले अझै बढी मुनाफा कसरी कमाउने भनेर सोच्छ ।

सफल कसरी हुने ?

हामी सबैका लागि सफलताको अर्थ फरक फरक हुन्छ । हरेक व्यक्तिले यसलाई आफ्नै तरीकाले परिभाषित गर्छन् । संसारका हरेक व्यक्तिको सपना अलग हुन्छ र तिनै सपना पुरा गर्नुलाई सफलता भनिन्छ । सामान्यतयाः सफल हुनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस् ।

आफ्नो जिम्मेदारीलाई शक्ति सम्झिनुहोस्

यो एउटा यस्तो मन्त्र हो, जुन हरेक सफल व्यक्तिले आफ्नो जीवनमा अपनाउँछ । यदि तपाई जिम्मेदारी लिन तयार हुनुहुन्छ भने सफलता अवश्य प्राप्त हुनेछ जस्तै विद्यार्थीले यदि पुरा जिम्मेदारी लिएर पढ्यो भने परीक्षामा अवश्य सफल हुनेछ ।

समयमा काम पुरा गर्नुहोस्

सफल हुनका लागि हामीले निर्धारित समयमा काम सक्ने बानी बसाउनु पर्छ । निर्धारित समयमा काम सक्नुले तपाईलाई सफलताको मार्गमा लैजान्छ जस्तैः कुनै कम्पनीले एउटा काम सक्न कर्मचारीलाई १ हप्ताको समय दिन्छ । यदि कर्मचारीले उक्त निर्धारित समयमा काम सक्यो भने यो उसको प्रमोसनका लागि सहयोगी हुनेछ ।

समस्याहरूको सामना गर्नुहोस्

जीवनमा कहिलेकाहीँ अनेक किसिमका अप्ठ्याराहरू आई पर्ने गर्छन् । तर हामी ती समस्याहरूबाट भाग्नु हुँदैन । एउटा भनाई छ, ‘हरेक समस्याको दुई वटा समाधान हुन्छ, भाग वा भाग लेउ ।’ यदि तपाई समस्याहरूसँग डराएर भाग्नु भयो भने आफ्नो सपना कहिल्यै पुरा गर्न सक्नु हुन्न । अन्त्यमा त्यही व्यक्तिले सफलताको शिखर चुम्छ, जो समस्याहरूसँग लडी रहन्छ ।

सोचाईको क्षेत्र विस्तृत गर्नुहोस्

प्रायः धेरै मानिसहरू आफ्नो सोचलाई सीमित राख्ने गर्छन् र त्यसै भित्र बाच्ने गर्छन् । यदि तपाई सफल हुन चाहनुहुन्छ भने आफ्नो सोचलाई बढाउनुहोस् । सधैँ सहज परिस्थिति मात्र नरोज्नु
होस् । केही फरक, केही नयाँ र केही रोचक गर्ने साहस गर्नुहोस् । आफ्नो सहज परिस्थितिबाट बाहिर निस्किनुहोस् र जोखिम लिने हिम्मत गर्नुहोस् । तपाई आफ्नो सोचको सीमा जति धेरै बढाउनु हुन्छ, त्यति नै ठुलो तपाईको सफलता हुनेछ ।

जीवन छनोटको परिणाम हो

तपाई आफ्नो जीवनमा कस्तो विचार छान्नुहुन्छ, कस्तो व्यवहार गर्नुहुन्छ, यसको सिधा प्रभाव तपाईको काममा पर्छ । तपाईको जीवनलाई अरू कसैले राम्रो बनाउन सक्दैन । यदि तपाई आफू जीवनमा परिवर्तन ल्याउन चाहनु हुन्न भने अरू कसैले तपाईको जीवन परिवर्तन गर्न सक्दैन । त्यसैले सधैँ सही कुराहरू छनोट गर्नुहोस् र जीवनमा सफलताको मार्गमा हिँडी रहनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com