Wednesday, October 28th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– नायिका बेनिशा हमालले नयाँ चलचित्रमा काम गर्ने तयारी थालेकी छिन् । नायिका बेनिशा हमालले चलचित्र ‘भाँडाकुटी’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको साथमा कलाकार मुकुन भुषालको मुख्य भूमिका रहनेछ । चलचित्रले जातीयताको कथा भन्ने वुझिएको छ । बेनिशाले चलचित्रको कथा राम्रो लागेपछि आफूले साइन गरेको सुनाइन् । यो चलचित्रको छायांकन फागुणबाट गर्ने योजना यसको निर्माणपक्षको छ ।

– चलचित्र ‘श्री’को फस्टलुक रिलिज गरिएको छ । टेलिभिजन र युटुबमा रिलिज गर्ने तयारी गरिएको यो चलचित्रको मुख्य भूमिका सन्दिप क्षेत्री छिन् । लकडाउनका कारण एउटै घरमा थुनिएका पात्रहरुको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा सन्दिपको साथमा वर्षा सिवाकोटी, वुद्दि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय छ । एभरेष्ट सूर्य बोहराको यो चलचित्रमा निर्देशन छ ।

– चलचित्र ‘सूर्यवंशी’ रिलिजको प्रतिक्षामा रहेका निर्देशक रोहित सेट्टी नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छन् । सन् १९८२ मा निर्माण भएको चलचित्र ‘अंगुर’को रिमेक बनाउने तयारीमा रोहित छन् । यो चलचित्रका लागि उनले संजिव कुमारको स्थानमा रणवीर सिंहलाई फाइनल गरेका छन् । यो चलचित्रमा नायिकाको रुपमा ज्याकलिन फर्नान्डेज र पूजा हेग्डेले काम गर्ने पक्का भएको छ । रोहितले ‘अंगुर’को कथालाई आधुनिक शैलीमा ढालिरहेका छन् । यो चलचित्रमा रणवीर सिंहको दोहोरो भूमिका हुनेछ ।

– गीतकार विश्व गौडेलको शब्दमा तयार भएको ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राइको आवाजमा समावेश यो गीतमा दीपक शर्माको संगीत छ । गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ ।

– विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियातजादेसँग विवाह गरेका छन् । शाएसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।

– फिल्ममा निर्वाह गरेको भूमिकामार्फत करोडौं फ्यान कमाएकी बलिउड अभिनेत्री माधुरी दीक्षित अब डिजिटल प्लेटफर्मतर्फ मोडिएकी छन्। माधुरी करण जौहरको प्रोडक्सन हाउसबाट बन्न लागेको एक वेब सिरिजमार्फत डिजिटल डेब्यु गर्न लागेकी हुन्। यही वर्ष मार्चबाट मुम्बईमा यो सिरिजको सुटिङ सुरु भएको थियो। तर एक हप्ता सुटिङ भएपछि कोरोना माहामारीका कारण रोकिएको थियो। अब यसको बाँकी सुटिङ छिट्टै सुरु हुन लागेको छ। करण जौहरको प्रोडक्सन हाउसबाट बन्ने नेटफ्लिक्सको यो वेब सिरिज फेमेली ड्रामा हुनेछ। यसको नाम ‘एक्ट्रेस’ राखिएको छ।

– पाँच दर्जनभन्दा बढी फुटकर गीत गाएर चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत ल्याएकी छन्। पप, आधुनिक सबै खाले भाकाका गीत गाउँदै आएकी भए पनि नेपाल भाषा अर्थात् नेवारी भने दर्शनाको पहिलो गीत हो। जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत र नरेन्द्र महर्जनको प्रस्तुति रहेको ‘चुली जाल न्हां’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक रुसिल अमात्य हुन् भने नेहा तामाङको कोरियोग्राफी रहेको छ। भिडियो गायिकाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

– विवाहित महिलाको सौन्दर्य निखार्दै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले ई–प्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को तयारी सुरु भएको छ। आयोजनक ई–प्लानेट प्रालिले बुधबार विज्ञाप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जनाएको हो। ग्रिन आर्टस् नेपालको संयोजन रहने प्रतियोगितामा यो वर्ष कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com