Wednesday, October 28th, 2020
हौसला (प्रेरक कथा)

हौसला (प्रेरक कथा)

समस्या हाम्रो जीवनको सत्यता हो । केहीले यो सत्यता स्वीकार गर्छन् भने केही जीवनभर यसका बारेमा दुखेसो गरी रहन्छन् । जिन्दगीको हरेक मोडमा समस्या सँग जम्काभेट हुने गर्छ । यो बिना जीवनको कल्पना पनि गर्न सकिन्न । प्राय हाम्रा अगाडि समस्या देखा पर्ना साथ हामी पराजित हुने गर्छौ । हरेक व्यक्तिको परिस्थितिलाई हेर्ने दृष्टिकोण बेग्लाबेग्लै हुन्छ । कैयौ पटक जीवनमा समस्याको पहाड नै तेर्सिन पुग्छ । यस्तो कठिन परिस्थितिमा केही व्यक्ति चकनाचुर हुन्छन् भने केही सम्हालीन्छन् र नयाँ इतिहास रच्ने गर्छन् । यस सम्बन्धी एउटा प्रेरक प्रसङ्ग रहेको छ ,फ्रान्सका शासक नेपोलियन बोनापार्ट एक निडर र साहसी व्यक्ति थिए । उनको जीवनमा असम्भव भन्ने कुनै शब्द नै थिएन । उनी इतिहासका महान् विजेताहरु मध्ये एक हुन् । उनी प्रायः जोखिमयुक्त काम गर्थे । एकपटक उनले आलपास पर्वत पार गर्ने घोषणा गरे र सैनिकहरु लिएर हिडे । केही पर एउटा विशाल र गगनचुम्बी पहाड थियो, जहाँ चढ्नु असम्भव थियो । उनको सेना एक्कासि डरायो तर पनि नेपोलीयनले पहाडमा चढ्ने आदेश दिए । नजिकै एक जना वृद्ध महिला उभिएर हेरिरहेकी थिइन् । उनले नेपोलियनका नजिक आएर भनिन्, ‘किन मर्न चाहन्छौँ, यहाँ जति मानिस आए हार खाएर गए । आफ्नो ज्यान प्यारो छ भने फर्क ।’
ती महिलाको कुरा सुनेर रिसाउनुको सट्टा नेपोलियन झन् उत्साहित भए र आफ्नो गलाबाट हार निकालेर ती महिलालाई दिँदै भने, ‘तपाईले मेरो उत्साह अझै बढाइ दिनु भयो र मलाई प्रेरित गर्नुभयो तर यदि म बाचेर आए भने मेरो जय जयकार गर्नु ।’ ती महिलाले नेपोलियनको कुरा सुनेर भनिन्, ‘तिमी पहिलो व्यक्ति हौ जो मेरो कुरा सुनेर हताश र निराश भएनौ । जो गर वा मर भन्छ र समस्याको सामना गर्ने हौसला राख्छ, उसले कहिल्यै हार्नु पर्दैन ।’

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com