Wednesday, October 28th, 2020
खेलकुद

खेलकुद

– शिखर धवनको शतक मद्दतमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाईले दिएको १८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा हासिल गर्यो । चेन्नाईको टोलीबाट चार पटकसम्म जीवनदान पाएका धवनले नटआउट १०१ रन बनाए । उनी म्यान अफ द म्याच भए ।

– इटालीको सिरी ए मा शनिबार युभेन्टसले क्रोटोनेसँग निराशाजनक १–१ को बराबरी खेलेको छ । लिगमा यस सिजन आफ्ना पछिल्ला सबै खेल गुमाएको क्रोटोनेले युभेन्ट्सविरुद्ध एक बहुमूल्य अंक हासिल गरेको हो ।

– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा टेक्निकल सेन्टर (एन्फा एकेडेमी) निर्माण गर्ने भएको छ । फुटबलको सर्वोच्च नियमनकारी निकाय फिफाको आर्थिक सहयोगमा वडा नं ६ को भिँडाबारीमा करिब ५०० रोपनी जग्गामा आधुनिक र सुविधासम्पन्न फुटबल एकेडेमी निर्माणको तयारी गरिएको हो ।

– म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनललाई १–० ले हराएको छ । त्यसमा रहिम स्टर्लिङले एक मात्र गोल गरे । सिटीको चार खेलबाट सात अंक भएको छ । यस्तै शनिबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ ले पराजित गर्यो । यसअघि टोटनहमसँग ६–१ ले पराजित भएयता युनाइटेड यो प्रभावशाली जित निकाल्न सफल भएको हो ।

– स्पेनी ला लिगामा रियल म्याड्रिड र बार्सिलोना दुवैले शनिबार स्तब्धपूर्ण हार बेहोरेका छन् । लिग च्याम्पियन रियल घरमा यसै सिजन मात्र बढुवा भएको काडिजसँग पराजित भएको हो । सात महिनायता रियलको यो पहिलो हार हो । खेलको १६ औं मिनेटमा एन्थोनी लोजानोले गरेको गोल निर्णायक सावित भयो । अर्को खेलमा गेटाफेले अर्को खेलमा बार्सिलोनालाई १–० ले हराएको हो । प्रशिक्षकमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाको यो पहिलो हार हो । गेटाफेका लागि जेमी माटाले पेनाल्टीबाट एक मात्र गोल गरे ।

– फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण स्वदेश फर्कन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरेको हो । २७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको थियो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

– अमेरिकी नागरिक जोन पेरी टक्सनले १ डिसेम्बर २०१९ मा ‘मस्ट अल्टरनेटिभ हिट्स विथ अ टेनिस र्याकेट’ को विश्व रेकर्ड नेपाली युवाले तोडेका छन् । ३० सेकेन्डमा ९७ स्कोर गर्दै गिनिज विश्व रेकर्डको उक्त टाइटल जितेका अमेरिकीलाई उदयपुरका युवा चित्रकुमार कार्कीले जितेका छन् । कार्कीले हालै ३० सेकेन्डमा १०२ स्कोर गर्दै गिनिज विश्व रेकर्डको उक्त टाइटल आफ्नो नाममा दावी गरेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com