Wednesday, October 28th, 2020
असफलताको डर हटाउनुहोस्

असफलताको डर हटाउनुहोस्

एउटा व्यक्ति सफलता पाउनका लागि के के गर्दैन ? तर उसको मनको एउटा कुनामा असफल हुने डरले पनि बारम्बार जन्म लिई रहेको हुन्छ । कहिलेकाँही असफलताको डरले व्यक्तिले आफ्नो आगामी योजना नै सुरु गर्दैन । हाम्रो मनमा असफलताको डरले यसरी जरो जाडेको हुन्छ कि हामी न त अवसरको लाभ उठाउन सक्छौ न त अर्को पाइला चाल्न नै सक्छौ । असफलताको डरले कुनै काम सुरु नगर्नु, आफ्नो विचारमा विश्वास नगर्नु आफ्नो सपनाको अन्त्य गर्नु जस्तै हो । असफलताको डरलाई मनबाट बाहिर निकाले पछि मात्र हामी जीवनमा छिटो अगाडि बढ्न सक्छौ ।

जोखिम

जोखिम लिएर कुनै नयाँ काम सुरु गर्नु सजिलो हुँदैन । यदि सजिलो छ भने पनि असफलताको डरले गा¥हो लाग्न थाल्छ । सिधा शब्दमा भन्ने हा भने असफल हुने डरले हामीलाई अघि बढ्दै दिदैन, हामी प्रयास नै गर्न चाहदैनौ । हामी कामलाई बारम्बार टार्ने प्रयास गर्छौ र भोलि भन्ने गर्छौ । यस भोलिको चक्करमा अर्कैले बाजी मारेर लैजान्छ र हामी हेरेको हे¥यै हुन्छौ । हामीले कुनै काम सुरु गर्नु अघि आफू भित्रको डरलाई समाप्त पार्नु पर्छ । डरलाई जित्नु पर्छ र यो त्यतिबेला मात्र सम्भव छ जब हामी पाइला चाल्छौ र बिस्तारै अगाडि बढ्दै जान्छौ । हामी फेल हुन्छौ वा पास हुन्छौ, त्यो सोच्नुको सट्टा आफ्नो सर्वोत्कृष्ट दिने प्रयास गर्नुहोस् । डरलाइृ एकदम सँग समाप्त पार्न सकिदैन तर कुनै कामको सुरुवात गरेर मात्र आफ्नो डरलाई हटाउन सकिन्छ । यदि तपाई साधारण व्यक्तिबाट एउटा विशेष व्यक्ति बन्न चाहनुहुन्छ भने सँधै डरको अगाडि जित हुन्छ भन्ने कुरा याद राख्नुहोस् । असफलताको डरले भाग्यको भरोसामा बस्न सिकाउछ । बिस्तारै समय बित्नेछ र तपाईले आफूलाई जहाँको त्यही पाउनुहुनेछ ।

प्रयास

केही व्यक्तिहरु यसकारण सफल हुन्छन् कि उनीहरु बारम्बार प्रयास गर्छन् । फेल हुँदा पनि कहिल्यै निराश हुँदैनन् । फेल हुने डर त उनीहरुको मनमा पनि हुन्छ तर उनीहरुलाई राम्रो सँग थाहा हुन्छ कि यदि आज उनीहरुले प्रयास गरेनन् भने जीवनभर असफलताको डरले उनीहरुको पिछा छोड्ने छैन । पटक पटक प्रयास गर्दा पनि असफल हुनुहुन्छ भने पनि त्यो काम नछोड्नुहोस् । एक पटक तपाई अवश्य सफल हुनहुनेछ । फेल हुना साथ हाम्रो दिमागमा एकप्रकारको डर बस्छ र हामी प्रयास नै गर्न छोडी दिन्छौ । तर हामीले निरन्तर प्रयास जारी राख्नु पर्छ । फेल हुनु जीवनको अन्त्य होइन । त्यसैले प्रयास जारी राख्नुहोस् ।

डर

असफल हुने डरको एउटा ठुलो कारण हो अरुले हामीलाई के भन्लान् भन्ने सोच पनि हो । हामी फेल हुँद समाजले हाम्रो खिल्ली उडाउनेछ भन्ने डरले पनि हामलिाई जीवनमा नयाँ काम सुरु गर्न दिदैन । यही नै हाम्रो ठुलो गल्ती बन्न पुग्छ । तपाईले राम्रो गरेपनि वा नराम्रो गरेपनि केही मानिसहरुले तपाईको प्रशंसा गर्नेछन् त केहीले आलोचना । यदि कसैले हाम्रो आलोचना गर्छ भने पनि नडराउनुहोस् । उसको आलोचनामा हाम्रो गल्ती प्रष्ट हुन्छ त्यसलाई चिनेर सच्याउनुहोस् । यसले तपाईलाई अघि बढ्न निकै मद्धत गर्नेछ । जति पनि व्यक्ति सफल भएका छन्, उनीहरुले अरुको परवाह गरेनन् र आफ्नो बाटोमा हिडी रहे । त्यसैले अरुले के भन्लान् भन्ने डरलाई मनबाट निकाली दिनुहोस् ।

विश्वास

यदि तपाई असफलताको डरबाट बच्न चाहनुहुन्छ भने आफू माथि विश्वास गर्न सिक्नुहोस् । आत्मविश्वासी व्यक्तिले ढिलै भए पनि एक दिन अवश्य सफलताको स्वाद चाख्छन् । विश्वास बिना सफलता असम्भव हुन्छ किनकि आफू प्रतिको विश्वास नै यस्तो कुरा हो, जसले काम गरीरहन हौसला दिन्छ र सफल हुने आश देखाउछ । आफू माथि विश्वास नहुने व्यक्ति काँतर हुन्छन् । यस्ता व्यक्तिले कहिल्यै सफलता प्राप्त गर्दैनन् । त्यसैले यदि तपाई असफलता डरलाई जित्न चाहनुहुन्छ भने आफू माथि विश्वासमा वृद्धि गर्नुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com