Wednesday, October 28th, 2020
दुर्गन्धित पिसाबका संकेतहरु

दुर्गन्धित पिसाबका संकेतहरु

शरीरको विषालु पदार्थहरू पसिना र पिसाबको माध्यमबाट शरीरबाट बाहिर निस्किन्छ । त्यसैले पिसाब फेर्दा हल्का दुर्गन्ध आउँछ तर यदि पिसाब निकै गनाउँछ भने त्यसलाई बेवास्ता गर्नुहुँदैन किनकि यसले तपाईँको शरीरको गम्भीर समस्याको सङ्केत दिन्छ । आज हामी के कस्ता कारणहरूले गर्दा पिसाब गनाउँछ भन्ने कुरा बताउन गई रहेका छौ ।

डिहाइड्रेशनका कारण
शरीरका लागि पानी अत्यन्त आवश्यक हुन्छ किनकि शरीरको हरेक अङ्गमा पानी हुन्छ चाहे त्यो हड्डी नै किन नहोस् । हामीलाई नियमित रूपमा १०, १२ गिलास पानी दैनिक रूपमा पिउने सल्लाह दिइन्छ । तर आवश्यकता अनुसार यो मात्रा कम वा बेसी हुन सक्छ । तपाईँ प्रशस्त मात्रामा पानी पिई रहनु भएको छ वा छैन भन्ने कुरा तपाईको पिसाबको रङ्गबाट पनि थाहा हुन्छ । यदि तपाईँको पिसाब पहेँलो छ र गनाउँछ भने तपाईको शरीरमा पानीको कमी भयो भन्ने बुझ्नु पर्छ ।

खानेकुराका कारण

केही खानेकुराहरू यस्ता छन् जुन सेवन गर्दा पिसाब गनाउने गर्छ जस्तै धेरै मसलादार खानेकुरा, प्याज, लसुन आदि बढी सेवन गर्दा पनि पिसाब बढी गनाउँछ । यसबाहेक रक्सी, बियर जस्ता पेयपदार्थ सेवन गर्दा पनि दुर्गन्धित पिसाब आउने गर्छ ।

यूटीआई हुँदा

यूरिनरी ट्रेक्ट इन्फेक्सन एउटा यस्तो रोग हो, जसका कारण महिलाहरूको पिसाबबाट अनौठो दुर्गन्ध आउने गर्छ । यूटीआई एकप्रकारको सङ्क्रमण हो, जुन पिसाब थैलीमा हुन्छ । यूटीआई हुँदा पिसाबबाट दुर्गन्ध आउँछ साथै पिसाब पनि पोल्छ । त्यसैले यदि तपाईँको पनि पिसाब गनाउँछ भने चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

मधुमेहको सम्भावना

मधुमेह एउटा यस्तो रोग हो ,जुन एक पटक लागे पछि जीवनभर लागी रहन्छ । मधुमेह रगतमा सुगरको मात्रा बढी हुनाले हुन्छ । मृगौलाबाट जब बढी मात्रामा सुगरको स्राव हुन्छ तब पिसाब गनाउँछ । यो मधुमेहको सङ्केत पनि हुन सक्छ ।

सरसफाइ नगर्दा

यदि तपाई आफ्ना गुप्ताङ्गहरुको सरसफाइमा ध्यान दिन पाई रहनु भएको छैन भने सावधान रहनुहोस् । यसले गर्दा विभिन्न किसिमका संक्रमणहरु भई पिशाब गनाउने पनि हुन्छ , जुन बिस्तारै खतरनाक हुन सक्छ । यदि समय मै यसमा ध्यान दिइएन भने पाठेघरको क्यान्सर पनि हुन सक्छ ।

वंशाणुगत कारण

केही रोगहरू परिवारको देन हुन्छन् , जसबाट बच्ने जति प्रयास गरे पनि लागी नै हाल्छ । त्यस्तै महिलाहरूमा देखा पर्ने रोग ट्राइमेथीलेमिनुरियामा जतिसुकै सरसफाइ गरे पनि पिशाब अनियमित हुने गर्छ ।

गर्भवती हुँदा

गर्भावस्थाका सुरुवाती दिनहरुमा महिलालाई गर्भवती भएको थाहा हुँदैन । गर्भावस्थाको लक्षण पिसाबबाट पनि देखा पर्छ । गर्भावस्थाको सुरुवात्मा पनि पिसाब दुर्गन्धित हुने गर्छ ।

यौन संक्रमण

एसटीडीज अर्थात् यौन सङ्क्रमण जन्य रोगहरू निकै खतरनाक र ज्यानमारा हुन सक्छन् । क्लैमाइडिया भन्ने रोग यौन सङ्क्रमणबाट हुने यस्तो रोग हो, जसले गर्दा पिसाब गनाउने गर्छ । यदि तपाईको पनि पिसाब लामो समय देखि गनाई रहेको छ भने तुरुन्त डाक्टर सँग सल्लाह लिनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com