Wednesday, October 28th, 2020
रोटी नूडल्स

रोटी नूडल्स

सामाग्रीः २ वटा रोटी, १/२ कप बन्दा काटेको, १ वटा प्याज, १ वटा क्याप्सिकम, १ वटा गाजर, सानो टुक्रा अदुवा, ४ केस्रा लसुन, १/२ सानो चम्चा मरिचको धुलो, २ चम्चा सोया सस, २ चम्चा टमेटो सस, नुन स्वादानुसार, १ वटा कागतीको रस, ३ चम्चा तेल ।

विधिः

दुई वटै रोटीलाई एउटा माथि अर्को राखेर रोल गर्नुहोस् र त्यसलाई छुरीले लामो पातलो टुक्रामा काट्नुहोस् ।

– प्याज, क्याप्सिकम, बन्दा मसिनो काट्नुहोस् र अदुवा र लसुन पिस्नुहोस् ।

– कराईमा तेल तताई प्याज, लसुन, अदुवा हालेर भुट्नुहोस् । त्यसपछि सबै रकारी हालेर हल्का भुट्नुहोस् । अब सोया सस, टमेटो सस, १/२ चम्चा चिनी, नुन, मरिचको धुलो, कागतीको रस हालेर काटेको रोटी पनि हाल्नुहोस् र दुई मिनेट पकाउनुहोस् । यसरी रोटी नुडल्स तयार भयो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com