Wednesday, January 27th, 2021
अल्छिपना (प्रेरक कथा)

अल्छिपना (प्रेरक कथा)

एकपटक एउटा शिष्यले गुरुको निकै आदर सम्मान गथ्र्यो र गुरु पनि शिष्यलाई निकै प्यारो गर्थे । शिष्यको एउटा एकदमै नराम्रो आदत थियो, उ अल्छी र आज गर्नुपर्ने काम भोली लाई साँच्ने प्रवृत्तिका थियो । उसको यस्तो स्वाभावबाट गुरु निकै दिक्क थिए । एकदिन उनले शिष्यलाई शिक्षा दिने उद्देश्यले एउटा योजना बनाए । उनले भने ‘म एउटा कालो ढुंगा तिमीलाई दुई दिनका लागि दिन्छु र म अर्को गाउँमा जादैछु । तिमीले यो ढुंगा कुनै पनि फलामको वस्तुलाई छुवायौ भने सुनमा परिवर्तन हुनेछ । तर म यो ढुंगा तिमीलाई मात्र दुई दिनका लागि दिनेछु र अर्को दिनको सूर्यास्त पछि ढुंगा म फिर्ता लिनेछु’ शिष्य त्यो सुनेर निकै प्रसन्न भयो । उसले पहिलो दिन सुखद कल्पनामा नै बितायो । दोस्रो दिन उसलाई राम्रो सँग थाहा थियो कि आज अन्तिम दिन हो । उसले मन बलियो बनायो कि आज चाँहि म यो ढुंगाको प्रयोग गरेरै छोड्छु । उसले बजारबाट फलामको सामान ल्याउने निर्णय ग¥यो । तर सोच्यो अहिले त बिहानै छ, दिउँसो खाना खाएर बजार जान्छु । त्यसपछि उसले केही समय आराम गर्ने विचार ग¥यो र सुत्यो । जब उ उठ्यो, त्यसबेला सूर्यास्त हुने बेला भईसकेको थियो । उ हतार हतार बजार तिर कुद्यो तर बाटैमा गुरु सँग भेट भयो । उसले गुरुलाई एकदिन फेरी थपी माग्यो । तर गुरुले दिएनन् । त्यसदिन उसको सपना उसको अल्छीले गर्दा चकना चूर भयो र जीवनमा कहिल्यै अल्छि नगर्ने शिक्षा मिल्यो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*