Wednesday, January 27th, 2021
खेलकुद

खेलकुद

– एट्लेटिको म्याड्रिडले मंगलबार सेभियालाई २–० ले हराउँदै स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो पकडलाई अझ बलियो बनाएको छ । डिएगो सिमोनीको टिमका लागि एन्जेल कोरेआले पहिलो गोल गरे । यस्तै दोस्रो गोल सउल निगुएजको नाममा रह्यो ।

– पउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति बर्नलीलाई १–० ले हराएको छ । यससँगै टोली अंक–तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । सन् २०१२ को डिसेम्बरयता म्यानचेस्टर अंकतालिकाको शीर्ष स्थानमा पुगेको यो पहिलोपल्ट हो ।

– कराते खेलाडी मन्देकाजी श्रेष्ठ र पौडी खेलाडी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा मन्दे पुर्षतर्फ र गौरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । कोभिड(१९ का कारण स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सेमि भर्चुयल रुपमा आयोजना गरिएको समारोहमा गल्फर सुबास तामाङ उत्कृष्ट युवा खेलाडी र तेक्वान्दोका नवीन कुमार श्रेष्ठ वर्ष प्रशिक्षक घोषित भए ।

– भलिबलकी अरुणा शाहीले यस वर्षको पल्सर स्पोर्टस पिपुल्स च्वाइस अवार्ड जितेकी छन् । उनी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान पनि हुन् ।

– टेबल टेनिसकी गीता क्षेत्री र सिजरिन शाहले १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लाइफटाइम एचिभमेन्ट अवार्ड पाएका छन् ।

– यस वर्षको पारा एथ्लिट अवार्ड ह्वीलचियर बास्केटबल र क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङ भएका छन् ।

– १३ औं सागमा गल्फ खेलबाट २ वटा स्वर्ण जितेका गल्फर सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन् ।

– राष्ट्रिय महिला भलिबल टोलीलाई टिम अफ द इयर अवार्डबाट पुरस्कृत गरिएको छ ।१७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा महिला भलिबल टोलीलाई उत्कृष्ट टिमको अवार्ड दिइएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*