Wednesday, January 27th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– ‘अजय देवगन र फिल्म निर्देशक इन्द्र कुमारले बलिउडमा धेरै वर्षदेखि सहकार्य गर्दै आएका छन्। ‘इस्क’को सफलतादेखि अहिलेसम्म उनीहरूले कैयौं फिल्ममा एकसाथ काम गरे। एक पटक फेरि उनीहरू सँगै काम गर्न थालेका छन्। उनीहरूले निर्माण गर्न लागेको फिल्मको नाम ‘थ्यांक गड’ राखिएको छ। यो फिल्ममा अजयको साथमा रकुल प्रीत सिंह र सिद्धार्थ मल्होत्रा पनि हुनेछन्। यो कमेडी फिल्ममा एउटा विशेष सन्देश हुनेछ। फिल्मको सुटिङ २१ जनवरी २०२१ बाट सुरु हुँदै छ।

– नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गर्यो । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ ।१९ बुँदे संचालन तथा अनुगमन मापदण्डमा अनलाइनमार्फत टिकट विक्री गर्नुपर्ने, काउन्टरबाट विक्री गर्नुपर्दा तोकिएको भौतिक दुरी कायम गरी सोको अनिवार्य पालना गराउनुपर्ने उल्लेख छ । यस्तै, दर्शक तथा हलका कर्मचारी अनिवार्य रुपमा मास्क लगाएर मात्र हलमा प्रवेश गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

– साउथका सुपरस्टार नायक रजनीकान्तले आफूलाई राजनीतिक दल खोलेर राजनीति गर्नका लागि बारम्बार दबाब नदिन फ्यानसँग अपिल गरेका छन् । उनले, आफू विविध कारणले राजनीतिमा आउन नसक्ने भन्दै कुनै दल नखोली जनताको सेवा गर्ने बताएका छन् । रजनीले गतबर्षको डिसेम्बर २९ तारिखमा आफ्नो स्वास्थ्य अवस्थाका कारण राजनीतिमा नआउने उल्लेख गरेका थिए । उनले, आफ्ना समर्थकहरुको दुःख हेर्न नसक्ने र उनीहरुको सेवा राजनीतिक दल नखोली गर्ने उल्लेख गरेका थिए ।

– रिलिजको ३ दिन अगाडि मात्र सार्वजनिक गरिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीत मात्र समावेश गरिएको छ । तर, चलचित्रको ट्रेलरमा कलाकारको संवाद समावेश गरिएको छैन । लकडाउनपछि रिलिज हुन लागेको पहिलो नयाँ नेपाली चलचित्र भएकाले पनि यसप्रति चलचित्र क्षेत्रकै आशा जोडिएको छ । चलचित्रको ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र चलचित्रमा रहेका २ वटा गीत समावेश गरिएको छ । चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*