– नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानले हरेक बर्ष आयोजना गर्दै आएको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ३१ देशका ६३ चलचित्र प्रदर्शन हुने भएका छन् । निफको चौथो संकरण आउँदो बर्षको वैशाख २३ गतेबाट २७ गतेसम्म काठमाण्डौमा आयोजना हुनेछ । कोरोना महामारीका कारण नेपाली चलचित्र निर्माण हुन नसकेका कारणले गर्दा नेपाली चलचित्रको उपस्थिती निफमा न्यून रहेको बताइएको छ ।
– बलिउड अभिनेत्री श्रद्धा कपुर आगामी फिल्म ‘नागिन’ का कारण चर्चामा छिन् । उनले फिल्ममा नागिनको भूमिका निर्वाह गर्दै छिन् । यो फिल्मको सुटिङ छिट्टै सुरु हुँदैछ । फिल्मको निर्देशन विशाल फुरियाले गर्दै छन् भने निखिल द्विवेदीले निर्माण गर्न लागेका हुन् । फिल्म तीन भागमा रिलिज गर्ने तयारी छ । गत वर्ष नै श्रद्धाले आफ्नो बहुप्रतीक्षित फिल्म ‘नागिन’ को घोषणा गरेकी थिइन् ।
– नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्काको चर्चा चुलिदो छ । चलचित्र ‘बुलबुल’मा काम गरिसकेपछि उनको चर्चा चुलिएको हो । उनै, स्वस्तिमाले एउटा साउथ चलचित्रमा काम गर्ने पक्का भएको खबरहरु सार्वजनिक भैरहेका छन् । स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको ‘थिरिमाली’मा काम गर्ने पक्का भएको खबर सार्वजनिक भैरहेको छ । तर, नायिका खड्काले पनि यो चलचित्रमा काम गर्ने पक्का भैनसकेको बताएकी छिन् ।
– साउथकी सफल नायिका पूजा हेग्डेको करिअर बलिउडमा पनि चम्किरहेको छ । एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । उनी, नायक सलमान खानसँग चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन् । उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । यस्तै, नायक प्रभाषसँग चलचित्र ‘राधे श्याम’मा पनि उनले काम गरेकी छिन् । बलिउडमा करिअर चम्किन थालेपछि र व्यस्तता बढ्न थालेपछि पूजाले मुम्बइको महंगो इलाका मानिने बान्द्रमा घर किनेकी छिन् । भारतीय मिडियाका अनुसार उनले आफ्नै कमाइले थ्री बीएचके घर किनेकी हुन् । नायिकाले आफ्नै कमाइले किनेको यो पहिलो घर हो ।
– ‘जून त्यो जून’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कमल राईको शब्द र संगीत रहेको गीतमा गायक अपाथ माप्छन र गायिका एलिना चौहानको श्वर रहेको छ । सोनम पाख्रिनले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र एलिस राईको अभिनय रहेको छ । भिडियो छायांकनमा बुद्ध थापाले मेहनत गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका हुन् ।
– रियालिटी टिभी स्टार तथा अमेरिकी सेलिब्रिटी किम कार्दसियनले र्यापर कान्ये वेस्टबाट ७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै सम्बन्ध बिच्छेदको तयारी गरेकी छन् । सम्बन्ध विच्छेदका लागि उनले हालै आवेदन समेत दिएको कुरा अमेरिकी मिडियाले जनाएका छन् । अमेरिकी मिडियाले सेलिब्रिटी दम्पत्ती अलग बस्दैआएको गस्सीप दिन थालेपछि किमले डिभोर्स प्रक्रिया सुरु गरेकी हुन् । ४० वर्षीया कार्दसियन र वेस्टका चार सन्तान छन् । २०१२ देखि डेटिङ जान थालेका किम र कान्येले त्यसको दुई वर्षपछि इटालीमा विवाह गरेका थिए ।
– चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजना भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी थिए । चलचित्र पत्रकार संद्ध नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथी रहेको कार्यक्रम चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न भएको हो ।
– अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायोग्राफी ‘अनफिनिस्ड’ लेखेकी छन्। उनले उक्त किताबमा बलिउडबारे विभिन्न विषयवस्तु उजागर गरेकी छन्। बलिउडभित्रको पितृसत्ताको बारेमा उनले लेखेकी छन्। उनले फिल्मका सहकर्मी कलाकारको विषयमा कुनै पनि जानकारी नदिई आफ्ना निर्माता र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको पनि खुलाएकी छन्। साथै निर्देशक र निर्मातासँग आफ्ना सहकर्मी अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने धम्कीसमेत दिएको खुलासा गरेकी छन्।
– गायिका रानी शाक्यको मर्मस्पर्शी गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा नायिका केकी अधिकारीलाई फिचरिङ गरिएको छ । राजेश शाक्यको शब्द तथा ओम कर्मचार्यको संगीत रहेको यो गीतले दर्शकको मन जितिरहेको छ । मदन घिमिरेले यो भिडियोको निर्देशन गरेका हुन् ।
– गायक विक्रम बराल र सज्जा चौलागाँइको स्वरमा समावेश ‘गल्ती २’ गीत सार्वजनिक भएको छ । प्रदिप चापागाँइको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय हेर्न सकिन्छ । विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ ।