जीवनमा यदि श्रीमान श्रीमतीको अस्तित्व नहुँदो हो त मानिसको पनि अस्तित्व नै रहने थिएन । यस संसारका हर्ताकर्ता नै श्रीमान श्रीमती हुन् । यि दुवैको साथ पाएर नै यो संसारले ढुंगे युगबाट आजको प्रगतिशिल समयमा पाइला टेकेको छ । श्रीमान श्रीमती मिलेर नै एउटा परिवारको सृजना हुन्छ । एउटा परिवारलाई सुखमय बनाउन दुवैजनाको बराबरी जिम्मेवारी हुन्छ । जब एक युवक र एक युवतीको विवाह हुन्छ दुवैको अनेकौ स्वभावमा भिन्नता हुन्छ किनभने यस संसारमा एकै अनुहारका दुई व्यक्ति हुँदैनन् भने स्वभाव पनि एकनासको नहुनु स्वभाविक हुन्छ तर पनि श्रीमान् श्रीमतीले एक अर्कामा उचित तालमेल बनाएर आफ्नो परिवारलाई सुखमय बनाउनु चानचुने कुरा होइन ।
एक सुखी परिवारका लागि अनेकौ कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ । ति मध्ये एक विश्वास पनि हो । श्रीमान्÷श्रीमतीले एक अर्कालाई पूर्ण रुपमा विश्वास गरेको हुुनु पर्छ । विश्वास नै एक सुखी दाम्पत्य जीवनको धरोहर हो । यदि आप्mनो जीवनसाथी माथि विश्वास गर्न सकिदैन भने पारिवारिक जीवन दुःखी बन्न पुग्छ । जीवनसाथी माथिको विश्वासले एक किसिमको संतुष्टि मिल्छ । एक अर्काप्रतिको विश्वासले श्रीमान श्रीमती बिचको प्रेमलाई अझ प्रगाढ बनाउँछ । वास्तवमा प्रेमको अर्को नाम नै विश्वास हो । यदि श्रीमान् श्रीमती बिच विश्वास छ भने जस्तो सुकै कठिन परिस्थितिमा पनि समझदारी पूर्वक निर्णय लिन सकिन्छ । अन्यथा सानो भन्दा सानो कुरामा पनि मनमुटाव हुन सक्छ । जीवनसाथी बिच विश्वासको कमिले अनेकौ समस्याहरु निम्त्याउँन सक्छ ।
१. सर्वप्रथम त शंकाको सृजना हुन्छ ।
२. सानो भन्दा सानो कुरामा मनमुटाव हुन्छ ।
३. पारिवारिक जीवनमा कुटपिट तथा कलहको सृजना हुन्छ ।
४. बढि भन्दा बढि समय घरपरिवारबाट टाढा विताउन मन लाग्छ ।
५. झगडाका कारण छोराछोरीको भविष्यमा पनि प्रभाव पर्छ ।
६. घर परिवारमा आर्थिक प्रभाव पनि पर्न सक्छ ।
विश्वासिलो वातावरणको सृजना गर्नुहोस् ।
१. बढि भन्दा बढि समय आफ्नो घरपरिवारसँग बिताउने कोशिस गर्नुपर्छ ।
२. आफ्नो जीवनसाथी सँग कुनै पनि कुरा लुकाउनु हुँदैन अन्यथा शंकाको वातावरण सृजना हुन्छ ।
३. परिवारमा आएको समस्याहरु एक आपसमा सल्लाह गरेर सुल्झाउनु राम्रो हुन्छ ।
४. एकले अर्कालाई सम्मान गर्नुपर्छ र गर्न सिक्नुपर्छ । यदि सम्मान गरिदैन भने आपूmले पनि सम्मान पाउन सकिदैन ।
५. एक अर्का प्रति सहयोगको भावना हुनुपर्छ ।
६. आफ्नो जीवनसाथीको समस्यालाई सकेसम्म बुझ्ने कोशिस गर्नुपर्छ ।
७. आफ्नो जीवनसाथीले भनेको राम्रा कुराहरुलाई मानेर आत्मसात गर्न सिक्नुपर्छ ।
८. घरको आर्थिक समस्यालाई सके सम्म दुवै जना मिलेर समाधान गर्नुपर्छ ।
९. बालबच्चा प्रति दुवैले बराबरी जिम्मेवारी लिनुपर्छ ।