Wednesday, March 3rd, 2021
सकारात्मक सोचको शक्ति

सकारात्मक सोचको शक्ति

धेरै समय अगाडि एउटा बूढो गधा थियो । उ बूढो भएकाले उसको मालिकले घरबाट निकाली दियो । त्यसपछि उ दिनभरि खानेकुराको खोजीमा एक ठाउँबाट अर्को ठाउँ हिडी रहन्थ्यो । एक पटक घुम्दै जादा उ एक्कासी एउटा किसानको ईनारमा झर्नपुग्यो । किसानले गधा ईनारमा खसेको देख्यो, त्यो ईनारको पानी पनि सुकी सकेको थियो र त्यो बूढो गधालाई बचाएर कुनै फाईदा थिएन, त्यसैले किसानले ईनार माटोले पुर्ने निर्णय ग¥यो र छरछिमेक बोलाएर ईनारमा माटो हाल्न थाल्यो । बूढो गधा त्यो देखेर डरायो र कराउन थाल्यो । केही बेर उ रोई रहयो, त्यसपछि एक्कासी उसको मनमा एउटा विचार आयो । जब ईनारमा माटो हालिन्थ्यो, उ जीउ झड्काएर माटो झाथ्र्यो र त्यस माथि टेक्ने गथ्र्यो । उ बारम्बार एउटै कुरा सोचीरहेको थियो ‘माटो झारेर त्यसमाथि टेक्नुपर्छ ।’ यसरी उ हरेक क्षण संघर्ष गर्दै आफूलाई प्रोत्साहित गरी रहयो । केही समय पछि बूढो गधा ईनार बाहिर आयो । उ निकै गली सकेको थियो । तर उसको प्रयासले गर्दा उसको ज्यान बच्यो । उसले आफू माथि फ्याकेको माटो रुपी समस्या सँग लड्न सकारात्म सोच अपनायो र अन्त्यमा जीत उसकै भयो । यस कथाले सिकाउँछ कि कुनै पनि जीवित प्राणी, चाहे त्यो जतिसुकै उमेरको होस् उसले काम गर्न नसकोस् तर पनि उसँग एउटा सम्पति अवश्य हुन्छ, त्यो अनुभव र ज्ञान । अनुभवले जीवनको विभिन्न बिग्रेको काम सपार्न सकिन्छ र यस्तो गुण कसैले खोस्न सक्दैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*