Wednesday, March 3rd, 2021
विदेशमा आज

विदेशमा आज

– सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा समाचार सामग्रीमाथि लगाएको रोक हटाउने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जोस फ्राइडेनबर्गका अनुसार सरकारको प्रस्तावित कानुनमा केही संशोधन गर्ने भएपछि केही दिनमै प्रयोगकर्ताका लागि समाचार सामग्री दिन फेसबुक तयार भएको हो ।

– म्यान्मारमा सैनिक ‘कु’ को विरोधमा सोमबार गरिएको आमहड्तालमा दसौं हजार सहभागी भएका छन् । प्रदर्शनमा सहभागी भए ज्यानै जान सक्ने सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू ठूलो सहर यांगुन र राजधानी नेइपिडअका सडकमा उत्रेका छन् ।

– अमेरिकी विमान निर्माता कम्पनी बोइङले–७७७ मोडलका विमान नउडाउन सुझाव दिएको छ । बोइङले शनिबार डेनभरमा दुर्घटनाबाट जोगिएको जस्तो इन्जिन भएका विमानको परीक्षण गरिने र त्यसपछि मात्रै निर्णय लिइने जनाएको छ 

– चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ वटा खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

– दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ेज भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् । यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयले सो सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्ने र जारी सीमा विवादले असर नगर्ने उल्लेख गरेको छ ।

– प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । कंगोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा सोमबार उनको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ४३ वर्षीय राजदूत लुका अटानासियो राष्ट्रसंघको विश्व खाद्य कार्यक्रक्रमसँग आवद्ध टोलीमा सामेल भएका बेला आक्रमण भएको थियो । आक्रमणमा घाइते भएका उनको अस्पतालमा निधन भएको हो । आक्रमणमा इटालीका एक प्रहरी अधिकारी पनि मारिएका छन् ।

– अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियो सार्वजनिक गरेको छ । भिडियोमा गएको हप्ता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियोमा रोबोटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको जनाइएको छ ।

– लिबियाका शक्तिशाली गृहमन्त्री फाथी बासाघाको हत्याको प्रयास भएको छ । उनीनिकट स्रोतले दिएको जानकारीअनुसार राजधानी सहर ट्रिपोलीबाहिर उनीमाथि हत्याको प्रयास भएको हो । आइतबार उनी राष्ट्रिय आयल कर्पोरेसनका अध्यक्षसँगको बैठक सकेर ट्रिपोली फर्किँदै गर्दा उनका सहयोगीमाथि परिचित हतियारधारी समूहले आक्रमण गरेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*