Wednesday, April 14th, 2021
खेलकुद

खेलकुद

– नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताका लागि आइतबार २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित प्रतियोगिता वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदै छ ।

– नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा नवौं राष्ट्रिय कायक स्लाम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०७८ बैशाखमा हुने भएको छ । आयोजकले बैशाख ७ देखि ९ गतेसम्म च्याम्पियनसिप हुने जनाएको छ ।

– विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन् । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

– ललितपुर मेयर्स–११ ले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेटमा पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा ललितपुरले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।

– स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडले आइतबार सेभियाको हातबाट १–० को हार बेहोरेको छ । सेभियाको जितमा मार्कोस एकुनाले हेडबाट गोल गरे ।

– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार एक गोलले पछाडि रहेको स्थितिमा ब्राइटनलाई २–१ ले हराएको छ । उसका लागि मार्कस रसफोर्डले ६२औं मिनेटमा बराबरी गोल गरेपछि म्यासन ग्रिनउडले ८३औं मिनेटमा निर्णायक गोल गरे । यसअघि ब्राइटनले ड्यानी वेलब्याकको गोलले अग्रता लिएको थियो ।

– सहिद स्मारक ुएु डिभिजन लिग च्याम्पियन मच्छिन्द्रमाथि जित निकाल्दै अफ्रिकन रुट्स एसोसियसन पोखरामा जारी १९औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

– कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम ९पुरुष० का मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

– नेपाल एपीएफ क्लबकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई प्रथम किसुनजी स्मृति हाफ म्याराथनमा च्याम्पियन बनेका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा शनिबार भएको हाफ म्याराथनमा महिलातर्फ पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ३७ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

– तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यू–१६ को उपाधि अकिजुविन राउत र सर्भानी श्रेष्ठले प्राप्त गरेका छन् । मण्डीखाटारमा रहेको टेनिस कोर्टमा आइतवार भएको यू–१६ पुरुषतर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २-१ सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । यस्तै महिला यू–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझो जित निकालिन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*