Wednesday, April 14th, 2021
सफल व्यक्तिका भनाईहरु

सफल व्यक्तिका भनाईहरु

हरेक व्यक्तिलाई आफ्नो ज्ञानको घमण्ड हुन्छ तर आफ्नो घमण्डको ज्ञान भने हुँदैन ।

सत्यको धनले हरेक प्रकारले सुख दिन्छ, छल कपटले कमाएको घनले दुःख नै दुःख दिन्छ ।

इच्छा शक्ति एउटा कल्पवृक्ष समान हुन्छ, जसले हरेक त्यस्तो वस्तु दिन सक्छ, जुन हामी कल्पना गर्छौ ।

यो संसारको भुल्ने बानी छ । यसले त्यति मात्र याद राख्छ, जुन सँग उसको स्वार्थ छ ।

केहि गर्नका लागि मौसम होइन, मन चाहिन्छ साथै यदि संकल्पको धन छ भने सबै साधनहरु आफै जुट्ने छ ।

कोहि पनि व्यक्ति यति धनी हुन सक्दैन कि उसले आफ्नो बितेको समय किन्न सकोस् र कोहि पनि यति गरिब हुँदैन कि आफ्नो आउने दिन सुधार्न नसकोस् ।

जुन शरीरले परिश्रम गरेर पसिना बगाउँदैन, सौन्दर्यले त्यसलाई छोडि दिन्छ ।
बूढाबूढीहरुको संगत गर्नुहोस् किनकी तिनको अनुहारको एक एक चाउरीमा हजारौ अनुभव लेखिएको हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*