Wednesday, April 14th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– गतबर्षको जनवरी महिनामा हिन्दी चलचित्र ‘दि इन्टर्न’को निर्माण घोषणा गरिएको थियो । हलिउड चलचित्रको रिमेकको रुपमा बन्न लागेको यो बलिउड चलचित्रलाई नायिका दीपिका पादुकोणले निर्माण गर्दैछिन् । यो चलचित्रमा नायिका पादुकोणसँगै कलाकार ऋषि कपुरको मुख्य भूमिका रहने घोषणा गरिएको थियो । तर, गतबर्षको अप्रिल महिनामा कलाकार ऋषि कपुरको निधन भयो । उनको निधन भएपछि चलचित्र बन्ने वा नबन्ने नै अलमलमा थियो । तर, अब भने यो चलचित्र निर्माणको प्रक्रिया अगाडि बढेको छ । चलचित्रमा ऋषि कपुरको ठाउँमा नायक अमिताभ बच्चनले काम गर्ने पक्का भएको छ ।

– बलिउडलाई कोरोनाको कालो बादलले नराम्रोसँग छोपेको छ । विस्तारै पखेटा फिजाउन थालेको बलिउड कोरोनाका कारण फेरि प्रभावित बनेको छ । भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ । कोरोनाका कारण सबैभन्दा ठूलो मारमा चलचित्र ‘सूर्यवंशी’ परेको देखिन्छ । यो चलचित्रको प्रदर्शन मिति तेश्रो पटक पोष्टपोन्ड भएको छ । अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको मेघा बजेट चलचित्रलाई अप्रिल ३० बाट रिलिज गर्ने तयारीमा यसका निर्देशक रोहित सेट्टी थिए । तर, भारतमा दैनिक एक लाख कोरोना संक्रमित देखिन थालेपछि यो चलचित्रको प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो ।

– आर्टमान्डु प्रोडक्सनले ‘शिशिर–वसन्त’ शीर्षकमा नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । वसन्तरशिशिरले प्रेमकै गहिराईलाई देखाउन खोजेको छ । गीतमा रोश्नी कार्की, सन्दीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । मनाङ र लम्जुङ्गको मनै छुने स्थाहरुमा सुटिङ्ग गरिएको गीतलाई निर्देशन÷सम्पादन नवीन भट्टले गरेका हुन् भने छायांकन ज्ञान चौलागाईले गरेका हुन् ।

– चलचित्र ‘कबड्डी ४’का लागि दुई नायिका फाइनल भएका छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्रका लागि नायिकाद्धय मिरुना मगर र गौमाया यात्री फाइनल भएको पुष्टी गरेका छन् । नायिका मिरुना मगरले केही नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । तर, गौमायाले भने चलचित्रमा अभिनय गरेकी छैनन् । गौमाया भ्लगर हुन् । उनले, आफ्नो भ्लगिङमार्फत नेपाली संकृती, भाषाको प्रवद्र्धन गर्दै आएकी छिन् । यो चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् ।

– चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । यो चलचित्रलाई अर्विन्द राज गुरुङले निर्देशन गर्दैछन् । प्रेम कथामा यो चलचित्र निर्माण हुनेछ । यो चलचित्रको छायांकन नेपालसँगै भारतको दार्जिलिङ्ग, सिक्किम र कोलकत्तामा हुने बताइएको छ । अर्विन्द राज प्रोडक्शन र आनजिग प्रोडक्शन यूकेको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा नायिका रीश्मा गुरुङ, कलाकार बुद्दि तामाङ, गौरव मल्ल र रिकजंग दोर्जे भुटियाको अभिनय रहनेछ । चलचित्रमा यान्की याल्मोको पनि अभिनय रहने निर्माणपक्षले बताएको छ ।

– लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ सुपरहिट भयो । यो गीत विभिन्न भर्सनमा सार्वजनिक भैसकेको छ । यो गीतलाई ‘मेल, फिमेल, चाइल्ड, लिजेन्डरी’ भर्सनमा सार्वजनिक गरिसकिएको छ । यही गीतलाई युगान्डाकी गायिका वियोन्सले गाइन् । वियोन्सको स्वरलाई पनि दर्शकले अत्याधिक मन पराए । अब, यो गीतलाई एक पंजाबी गायकले पनि गाएका छन् । ‘फुलबुट्टे सारी’लाई पंजाबी गायक लकी सिद्धुले गाएका छन् । यो गीतलाई संसार ब्लग प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

– गायिका मेलिना राई र गायक लोक पौडेलको स्वरमा समावेश ‘निलो कुर्ता’ सार्वजनिक भएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोमा निर्देशक राज खड्काले आँचल र निराजनको प्रेम र रोमान्सलाई देखाएका छन् । भिडियोमा शिशिर खातीको कोरियोग्राफी, उज्ज्वल जोशीको छाायंकन तथा सम्पादन छ ।

– गायिका नीशा कँडेलको ‘तस्वीर २’ सार्वजनिक भएको छ । ‘तस्वीर २–ओ प्रिया’ बोलको गीतमा गायिका कँडेल र गायक अमन प्रधानको स्वर छ । भिडियोमा बिष्णुवावु देवकोटाको शब्द, टिका दाहालको संगीत छ । यूवायूवतीको प्रेम आकर्षण र बिबाहलाई देखाइएको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*