ठुलो जीतका बिउ स–साना तयारीहरु र साना जीतहरुमा लुकेको हुन्छ ।
निराशा काममा हारको लक्षण हो ।
कोही पनि पूर्ण रूपमा स्वतन्त्र छैन । यहाँ सम्म कि चराहरु पनि आकाशको सीमामा बाधिएका छन् ।
हरेक सुन्दर वस्तुका पछाडि एउटा न एउटा दुःख लुकेको हुन्छ ।
एउटा पुस्ताले जुन समस्यालाई बेवास्ता गर्छ, त्यो अर्को पुस्ताका लागि लज्जास्पद बन्न पुग्छ ।
जीवनको पहिलो लक्ष्य आफू प्रति इमान्दार बन्नु हुनु पर्छ र दोस्रो ज्ञान प्राप्त गर्न‘ हुनु पर्छ ।
प्रार्थनाले त्यहाँ काम गर्छ, जहाँ कर्म हुन्छ ।
हामी सबैको सोच एउटै हुँदैन । त्यसैले एकै किसिमको माया गर्न सकिँदैन । हामी सबैको मन पनि एउटै हुँदैन । त्यसैले सबैको विचार पनि एउटै हुँदैन ।