Wednesday, April 14th, 2021
खेलकुद

खेलकुद

– त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटको जितसहित टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी–एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबलको फाइनल पुगेको छ । स्पर्धामा दोस्रो हार भोगेको आर्मीका लागि फाइनल यात्रा कठिन बनेको छ ।

– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ ले हरायो भने इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ ले पराजित गरेको हो ।

– विभागीय टोली एपीएफले ललिपुर मेयर्स ११ को टोलीमाथि १० विकेटको फराकिलो जित निकाल्दै ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

– आहा रारा गोल्डकप प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा नेपाल पुलिस क्लबले प्रतिद्वन्द्वी थ्रीस्टारलाई ४–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका लागि बुद्धबल तामाङले २, निरकुमार राई र सौजन राई याख्याले १र१ गोल गर्न सफल भए ।

– विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणका लागि सबै तयारी पूरा भएको छ। बिहीबार (भोलि)देखि सुरु हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन्। प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, व्यवस्थापनलगायतका सबै तयारी सकिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*