यदि तपाईको जीवनमा सबैकुरा ठिक ठाक छ भने तपाईँको जीवनमा विकास रोकिएको छ । तपाइइले केही गर्न सकी रहनु भएको छैन ।
यदि कसैले तपाईको काममा कमी निकाल्छ भने चिन्ता नगर्नुहोस् । कमी त्यो मान्छेमा निकालिन्छ, जसमा अरू भन्दा बढी गुण हुन्छ ।
सिक्ने कुनै सीमा र उमेर हुँदैन । जहाँ सिक्न पाइन्छ,त्यहा सिक्नु पर्छ । जुन दिन तपाईले सिक्न छोड्नुहुन्छ, तपाईको जीवन त्यही अड्किनेछ ।
आत्मविश्वास र ज्ञान द्धारा हामी कुनै पनि परीक्षा पास गर्न सक्छौ ।
सधैँ हाँसी रहनुहोस् । जो व्यक्ति सधैँ हाँसी रहन्छन् । उनीहरूले राम्रो तरिकाले सिकाउँछन् र सम्भाल्छन् ।
तिमी अहिले के चाहन्छौ, त्यो पाउनका लागि तिम्रो जीवनको लक्ष्य सँग सम्झौता नगर ।
यदि तिमी आफूलाई विजेताको ठाउँमा देख्दैनौ भने तिमी विजेता बन्न सक्दैनौ ।
हिजो त राति नै समाप्त भई सक्यो । आज त नयाँ दिन हो ।