Sunday, May 16th, 2021
चिल्ली पोटेटो

चिल्ली पोटेटो

सामाग्रीः आलु–२५० ग्राम, टमाटर सस–२ चिया चम्चा, सोया सस–१ चिया चम्चा, हरियो खोर्सानी, अदुवाको पेस्ट, कर्न फ्लोर, हरियो धनिया काटेको, चिल्ली सस–१ सानो चिया चम्चा, भिनेगर – १ चिया चम्चा, नून स्वाद अनुसार, चिनी–१÷२ चिया चम्चा

विधिः
आलुलाई राम्रोसँग धुएर बोक्रा ताछ्ने र लम्बाईमा पातालो टुक्रा हुनेगरी काट्ने । काटेको आलुलाई कर्न फ्लोरमा चारैतिर राम्रोसँग लाग्ने गरी मोल्ने, जसले गर्दा कर्न फ्लोर आलुको सबै भागमा लागोस् । कर्न फ्लोरमा मोलेको आलुलाई तार्नको लागि कन्तीमा तेल तताउने र तातिएको तेलमा कर्न फ्लोरमा डुबाएको आलुलाई ब्राउन कलर हुने गरी तार्ने र तारिसकेपछि प्लेटमा नेपकिन बिछ्याएर त्यसमा राख्ने । यसरी सबै आलुलाई तार्दै प्लेटमा राख्ने । तारेको आलुको लागि सस तयार गर्ने । एउटा प्यानमा तेल तताउने र तातिएको प्यानमा अदुवाको पेस्ट, काटेको हरियो खोर्सानी राखेर कम आँचमा भुट्ने र त्यसमा टमाटर सस, सोया सस हालेर राम्रोसँग मिक्स हुनेगरी चलाउने । कर्न फ्लोरलाई आधा कप पानीमा घोल्ने र भुटेको मसाला र ससमा हालेर चिनी, नून राखेर १, २ मिनट पकाई त्यसमा तारेको आलु र भिनेगर हालेर चलाउँदै पकाउने । पाकिसकेपछि सफा भाँडामा खन्याई माथिबाट काटेको धनिया छर्किने । यसरी चिल्ली पोटेटोे तयार गर्न सकिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*