Sunday, May 16th, 2021
सकारात्मक सामान्य ज्ञान

सकारात्मक सामान्य ज्ञान

– आँशु लेक्रिमल ग्रन्थीबाट निस्किन्छ ।

– हाम्रो मुटुको तौल पुरुषमा ५०० ग्रा. र महिलामा ३०० ग्रा. हुन्छ ।

– कपाल र नङ बढ्नका लागि जींकको आवश्यकता हुन्छ ।

– एड्स रोगको जन्मस्थल जायरे हो ।

– भिटामीन ‘सी’ पकाउँदा नष्ट हुन्छ ।

– हाम्रो आमाशयमा खानेकुरा ४, ५ घण्टा सम्म रहन्छ ।

– कहिले काँही रगतको रंग निलो हुन्छ । त्यसको कारण हीमोसायनिनले गर्दा हो ।

– संसारको पहिलो साईकल १८१७ मा बारोन वान ड्रायसले बनाएका थिए ।

– लियोनार्दो दा भिन्चीले पहिलो हवाईजहाज बन्नु भन्दा सय वर्ष अघि नै हेलीकोप्टरको डिजाइन तैयार पारेका थिए ।

– अन्तरिक्षमा एक अर्कासँग कुरा गर्न सकिदैन किनकी त्यहाँ ध्वनि प्रसारण हुने कुनै माध्यम अर्थात् हावा हुँदैन ।

– कमिलाहरुमा फोर्मिक अम्ल पाइन्छ ।

– अंतरिक्षबाट आकाशको रंग कालो देखिन्छ ।

– काठलाई गलाउने तत्व पोलीपोरस हो ।

– विश्वमा सबैभन्दा बढि रोबोट उत्पादन गर्ने ठाउँ जापान हो ।

– कैचीको आविष्कार लियोनार्दो दा भिन्चीले गरेका हुन् ।

– बैज्ञानिक अल्बर्ट आइन्सटाइनको टाउको अमेरिकाको प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ ।

– सबैभन्दा ग¥हौ तरल पदार्थ पारो हो ।

– किराको अध्ययन गर्ने शास्त्रलाई इन्टोमोलोजी भनिन्छ ।

– बुध र शुक्र ग्रहका कुनै उपग्रह छैनन् ।

– पृथ्वीबाट सबैभन्दा नजिकको ताराको नाम अल्फा सेन्चुरी हो ।

– पृथ्वीले सूर्यलाई एक फन्को घुम्न ३६५ दिन ६ घण्टा ९ मिनेट ५ सेकेण्ड लाग्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*