Sunday, May 16th, 2021
खेलकुद

खेलकुद

– इन्टर मिलानले आइतबार ११ वर्षयता पहिलोपल्ट इटालियन सिरी ‘ए’ को उपाधि आफ्नो नाममा पक्का गरेको छ । लिगमा दोस्रो स्थानमा रहेको एटलान्टाले सासौलोसँग १–१ बराबरी खेलेपछि इन्टरले लिग जित्ने निश्चित भएको हो । यसअघि इन्टरले क्रोटोनियालाई हराएपछि लिगमा चार चरणको खेल बाँकी छँदा १३ अंकको अग्रता लिएको थियो ।

– लियोनल मेसीको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार भ्यालेन्सियालाई ३–२ ले हराउँदै शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा कायम राखेको छ ।

– गेराथ बेलको ह्याट्रिकमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार रेलिगेसनमा परिसकेको सेफिल्ड युनाइटडेमाथि ४–० को सजिलो जित निकालेको छ । यो जितपछि टोटनहमको युरोपेली सपना पनि कायम रह्यो ।

– पन्जाब किंग्समाथि आइतबार ७ विकेटको जित हात पारेपछि दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । आठ खेलमा दिल्लीको यो छैटौं जित हो र टोलीले समान १० अंक बोकेको चेन्नई सुपर किंग्स र रोयल च्यालेजर्स बेंग्लोरलाई २ अंकले पछाडि पारेको हो ।

– नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीले आइतबार पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको छ । ललितपुरको यो तेस्रो बराबरी हो । यससँगै शीर्ष चारमा स्थान बनाउने सम्भावनामा अर्को धक्का पुगेको छ ।

– प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको लिभरपुलबीचको खेल स्थगित गरिएको छ । युनाइटेड र लिभरपुलबीचको आइतबार ओल्ड ट्राफोर्डमा हुने तय थियो । तर युनाइटेडका समर्थकहरु खेलअघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*