Sunday, May 16th, 2021
प्लाष्टिकका मूख्य रचनाकार ‘लियोनार्दो’

प्लाष्टिकका मूख्य रचनाकार ‘लियोनार्दो’

उनी एक शिल्पकार तथा संसारकै प्रशिद्ध चित्रकार पनि थिए । उनको कृति ‘मोनालिसा’ को मुस्कान आज पनि रहस्यमय बनेको छ । आज पनि ५०० वर्ष अघि बनाइएको उक्त पेन्टिङलाई
हेर्न हजारौ मानिसहरु पेरिसमा रहेको संग्रहालयमा जान्छन् । उनी एउटा मुर्तिकार थिए, संंगितकार, अनुसन्धानकर्ता, इन्जिनियर वनस्पति शास्त्री, भूगर्भविद्ध र शरिर विज्ञानी थिए । उनी वास्तवमा बहुप्रतिभाशाली थिए । इटलीको भिन्सी भन्ने सानो गाउँमा लियोनार्दो द भिन्सीको जन्म सन् १४५२ मा भएको थियो । उनी त्यस शताब्दी कै सबैभन्दा प्रतिभाशाली व्यक्तित्व थिए । उनले धेरै नयाँ वस्तुहरुको खोज गरे, नयाँ नयाँ वस्तुहरुलाई जन्म दिए । अलार्म घडी देखि लिएर रोबोट र उड्ने मेशीन सम्मको रचनाको श्रेय उनलाई दिइन्छ । तिनै महान् प्रतिभाले आजभन्दा ५०० वर्ष अघि प्लाष्टिक पनि बनाएका थिए । यो तथ्य उनले नै लेखेको कागजहरुबाट हालै पत्ता लागेको छ । इटलीका एक विद्धान एलसेन्ड्रो विजोसी एकपटक भिन्सीको गाउँमा उनको कार्यस्थल (जुन अहिले संग्रहालय बनाइएको छ) मा पुगे । त्यहाँ उनले हातले लेखेको पाण्डुलिपीको अध्ययन गर्दा उक्त तथ्य पत्ता लागेको हो । आज संसारमा जीवनको हरेक क्षेत्रमा प्रयोग गरिने प्लाष्टिकको रचना मूलरुपमा भिन्सीले आजभन्दा ५०० वर्ष अघि नै गरेका थिए ।

लियोनार्दो द भिन्सीको धेरैजसो वैज्ञानिक र प्राविधिक व्याख्याहरु उनले लेखेका पाण्डुलिपिहरुमा भेटिन्छ । जसमध्ये लगभग ४००० पृष्ठहरु आज सम्म पनि छन् । लियोनार्दो त्यसलाई एउटा इनसाइक्लोपेडिया’ को रुपमा प्रकाशित गर्न चाहन्थे तर उनको सपना पूरा हुन सकेन । धेरै जसो पाण्डुलिपिहरु पढ्न सक्ने अवस्थामा छैन । त्यसको एउटा कारण वृद्धावस्थामा लियोनार्दोको हात कामेर लेख्दा अक्षर बांगो टिंगो भयो । तर पनि केहि विद्धानहरु त्यसको अर्थ बुझ्न लागि परेका छन् । लियोनार्दो बायाँ हातले लेख्ने गर्थे र लेख्दा दायाँबाट बायाँ तर्फ लेख्थे । जसलाई ठीक तरिकाले पढ्न ऐनाको आवश्यकता हुन्छ, त्यो लेखाई ऐनामा हेर्दा सामान्य रुपमा देखिन्छ । यसैलाई नै मिरर इमेज भनिन्छ ।

लियोनार्दोको मृत्यु पछि उनले लेखेका कागजपत्रहरु संकलन गरियो । ति संकलित सामाग्रीहरुमा ‘कोडेक्स अरुणडेल’ र कोडेक्स अटलांटिक्स’ प्रसिद्ध छन् । प्लाष्टिक बनाउने विधि पनि तिनै कृतिहरुमा रहेको छ । ति पाण्डुलिपिहरु र संकलित ग्रन्थहरुको अध्ययन तथा विश्लेषण पछि एल सेन्ड्रो विजोसीले यो तथ्य पत्ता लगाए कि लियोनार्दोले प्लाष्टिक र नफुट्ने शीशाको रचना वनस्पति तथा पशुहरुबाट पाइने सरेस जस्तो च्याप च्याप हुने पदार्थ, विभिन्न रंग र जैविक रेशाको मिश्रणबाट गरेका थिए । त्यसमा एसिटोन जस्तो एउटा रासायनिक पदार्थको मिश्रणका बारेमा पनि उल्लेख गरिएको छ । विजोसीले लियोनार्दोले लेखेको विधि अनुसार पदार्थहरुको मिश्रण तैयार गरे र सुकेपछि जुन वस्तु निर्माण भयो, त्यो बेकेलाइट प्लाष्टिक जस्तो थियो ।

आजको सन्दर्भमा प्लाष्टिकको खोजीको श्रेय अलेक्जेंडर पार्क (जसले १८६२ मा सेल्यूलोजको रचना गरे) तथा लियो हेन्ड्रिक, जसले १९०९ मा बेकेलाइट बनाए । उनीहरु भन्दा ४०० वर्ष अघि नै लियोनार्दोले प्लाष्टिक बनाइसकेका थिए । उनको विधि अनुसार तैयार हुने पदार्थ प्राकृतिक र रासायनिक प्लाष्टिक बिचको वस्तु हो । जसबाट छुरीको खोल, भाँडा, कप, प्लेट र अरु नफुट्ने वस्तुहरु बनाउन सकिन्छ ।यसबाट यो स्पष्ट हुन्छ कि आधुनिक वैज्ञानिकहरुको खोजको सन्दर्भमा श्रेय उनीहरुलाई दिइए पनि त्यसको मुख्य खोजकर्ता लिओनार्दो थिए । ति महान् प्रतिभाशाली बहुआयामी व्यक्तित्वका धनी लियोनार्दोको मृत्यु १५१९ मा भयो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*