Sunday, May 16th, 2021
सुचना प्रविधि

सुचना प्रविधि

– अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र बनाउने तयारी गरिरहेको चीनले उक्त स्टेशनको एक महत्वपूर्ण मोड्युल लञ्च गरेको छ । तियान्हे नामक उक्त मोड्यूलमा अन्तरिक्ष स्टेशनमा काम गर्ने सबै अन्तरिक्षयात्रीको बस्ने कक्ष बनाइ रहेको छ । वेनचांग स्पेस लञ्च सेन्टरबाट उक्त यानलाई लंगमार्च ५ बी रकेटमा राखेर प्रक्षेपण गरिएको हो । आफ्नो स्थायी स्पेस स्टेशन सन् २०२२ सम्म बनिसक्ने विश्वास चीनको छ ।

– अष्ट्रेलियाको सबैभन्दा ठूलो प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको छ । ८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले आफ्ना कर्मचारीहरु वर्षमा केवल चार दिनमात्र कार्यालय आउसक्ने व्यवस्था गरेको छ । अर्थात् कर्मचारीहरुले आफ्नो पायक पर्ने कार्यालयमा हरेक त्रैमासिक अवधिमा एकपटक मात्र उपस्थित भए पुग्नेछ । कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले ‘टीम एनी ह्वेयर’ नीति लागू गरेको छ । जस अन्तर्गत कम्पनीले विश्वका विभिन्न देशमा कार्यरत आफ्ना ५७ सय कर्मचारीहरुलाई कम्पनीको शाखा रहेका विश्वका जुनसुकै देशबाट काम गर्न सक्ने व्यवस्था गरेको हो ।

– वालस्ट्रिटको पूर्वानुमानलाई गलत सावित गर्दै दुई अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पल र फेसबुकले चालू सन् २०२१ को पहिलो त्रैमासमा उच्च आम्दानी तथा मुनाफा गर्न सफल भएका छन् । सार्वजनिक गरिएका पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार पहिलो त्रैमासिक अवधिमा फेसबुकको कूल आम्दानीमा ४८ प्रतिशतले वृद्धि भएको छ । अर्थात् जनवरी देखि मार्च सम्मको अवधिमा फेसबुकले कूल २६ अर्ब १७ करोड आम्दानी गरेको छ । यसबाट फेसबुकले खूद मुनाफा साढे ९ अर्ब डलर गर्न सफल भएको छ । त्यस्तै पछिल्लो पटक सार्वजनिक गरेका फाइभ जी आइफोनको लोकप्रियतासँगै एप्पलले सन् २०२१ का सुरूका ३ महिनामा ८९ अर्ब ६० करोड डलर आम्दानी गरेको छ । त्यसमध्ये खूद मुनाफा २३ अर्ब ६० करोड डलर रहेको छ । यो मुनाफा कुनैपनि त्रैमासिकमा एप्पलले गरेको अहिलेसम्मकै बढी मुनाफा हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*