Sunday, May 16th, 2021
सकारात्मक ज्ञानमञ्च

सकारात्मक ज्ञानमञ्च

– मौरीको प्यूपाबाट रानी मौरी १३ दिनमा १९ दिनमा श्रमिक मौरी र २१ दिनमा भाले मौरी निस्किन्छ ।

– भाले मौरीको खिल हुँदैन ।

– एउटा मौरीको चाकामा १००–२०० भाले मौरीहरु हुन्छन् ।

– रेशम वास्तवमा प्रोटीन (फाइब्राइन) हो ।

– जुम्राको आयू ३०– ५० दिन सम्मको हुन्छ ।

– जूनकिरीले बती बालेर एक अर्का सँग कुरा गर्छन् ।

– जूनकिरीको आयू ३–४ महिनाको हुन्छ ।

– मूसाले वर्षमा २ पटक चार, पाँच वटा बच्चा जन्माउँछ ।

– उपियाँ गर्मी ठाउँमा धेरै पाइन्छ ।

– उपियाँ केही महिनासम्म भोकै बस्न सक्छ ।

– सर्पको बच्चा अण्डाबाट आफ्नै दाँतले फुटाएर बाहिर निस्किन्छ ।

– समुन्द्री कछुवामा सबैभन्दा ठूलो कछुवा खोल नभएको कछुवा हो, जसको तौल २००–७०० कि.ग्रा. हुन्छ ।

– भ्यागुताले पानी पीउँदैन ।

– लामखुट्टेको अस्तित्व यस पृथ्वीमा १७ करोड वर्ष देखि रहेको छ ।

– भ्यागुता जाडो महिनामा सुत्छ ।

– सर्पको कान शरिर भित्र हुन्छ ।

– कोइलीले आफ्नो गुँड बनाउँदैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*